पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट « Khabarhub

पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ ।

आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् बच्चा जन्माउने महिलाको संख्या करिब आधा पुगेको हो ।

स्वास्थ्य बिमा पुनरावलोकन तथा मूल्याङ्कन सेवाका अनुसार सन् २०१७ मा बच्चा जन्माएका मध्ये ४८.८ प्रतिशतले पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेका छन् ।

सो संख्या सन् २०१६ मा भन्दा ३.४ प्रतिशतले बढी हो । सन् २०१६ मा शल्यक्रिया गरेर पहिलो बच्चा जन्माउने महिलाको संख्या ४५.४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

कोरियाली समाजमा बढी उमेर भएपछि मात्रै पहिलो पटक गर्भवती हुने प्रचलन बढ्दै गएकाले स्वास्थ्य जटिलताका कारण पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गर्नु परेको सर्वेक्षणकर्ताहरुको भनाइ छ । कोरियामा पछिल्ला वर्षहरुमा पहिलो पटक गर्भवती हुने महिलाको उमेर बढ्दै गएको पाइएको छ ।

सर्वेक्षणका अनुसार करिब ३५ वर्ष वा सोभन्दा माथिको उमेरमा पहिलो पटक गर्भवती हुने महिलाहरुको संख्या करिब २९ प्रतिशत रहेको छ । सन् २००६ मा भने यो संख्या १४ प्रतिशतको हाराहारी थियो ।

सर्वेक्षणकर्ताहरुले सन् २००६ मा ३५ वर्षको आसपासमा गर्भवती हुनेमध्ये ७ प्रतिशत पहिलो पटक गर्भवती भएका महिला रहेको जनाएका छन् । हरेक वर्ष गर्भवती हुने उमेर बढ्दै गइरहेको पाइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  १२ : ५४ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’