यो झारमा हुन्छन् यस्ता औषधीय गुण, कसरी प्रयोग गर्ने ? | Khabarhub Khabarhub

यो झारमा हुन्छन् यस्ता औषधीय गुण, कसरी प्रयोग गर्ने ?


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

प्रायः गाउँघरमा उम्रिने यो झारबारे सबै परिचित होलान् । ठाउँ अनुसार यसका विभिन्न नामहरु भए पनि यसको बैज्ञानिक नाम ‘पर्सलेन’ हो ।

असार–साउनको महिनामा खेतबारी तथा पर्खालमा यो झार निकै मात्रामा उम्रिन्छ । मानिसहरु यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछन् ।

यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा पाइन्छ भन्ने विषयका सबैलाई जानकारी हुँदैन । घरमा उम्रने यो झार नफ्याँक्नुस् किनकी यसमा अनेकौं औषधीय गुण हुन्छन् । खाँदा यो बिरुवाको निकै स्वादिलो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ ।

ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमागलाई तेजिलो बनाउँछ भने हृदयघात हुनबाट जोगाउँछ ।

पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ । अनि यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छ ।

यो बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन। तपाईंको हाड र दाँत बलियो हुन्छ।

यसमा पोटेसियम पनि प्रशस्त हुन्छ । यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ । यसमा आइरन पनि हुन्छ । शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ।

पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ । यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ। तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ । पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ ।

विभिन्न संक्रमणका कारण ज्वरो आएमा यो खाँदा ज्वरो नियन्त्रणमा पनि निकै उपयोगी मानिन्छ । महिलाहरुमा हुने अनियमित रक्तश्राव नियन्त्रण गर्न पनि यो झार लाभदायी मानिन्छ ।

अनियमित महिनावारी हुने महिलाहरुमा यो झारको सेवनले नियमित गराउँने गर्छ । यसमा पाइने औषधीय गुणकै कारण कपाल झर्न रोक्ने तथा शरीरको छालालाई मुलायम र सुन्दर बनाउने काम गर्छ । यसलाई सागका रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : २८ बजे

उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक