घरदैलोमै सेवा पुर्‍याउन बजार क्षेत्रमा घुम्ती शिविर « Khabarhub

घरदैलोमै सेवा पुर्‍याउन बजार क्षेत्रमा घुम्ती शिविर


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– व्यवसायीलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले पाँचथरको हिलिहाङ गाउँपालिकाको बजार क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरिएको छ । उद्योग वाणिज्य सङ्घ पाँचथरको पहलमा शनिबार सञ्चालित घुम्ती शिविरमा १५० सेवाग्राहीले सेवा लिएका थिए ।

व्यावसायिक फार्म नवीकरण, कर सङ्कलन, करदाता शिक्षासम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष दीपक नेपालले बताए ।

हिलिहाङ गाउँपालिकाको सिंहापुर, भालुचोक, गणेशचोक, गोपेटार र जोरपोखरी बजार क्षेत्रमा उक्त घुम्ती शिविर सञ्चालन गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका महासचिव नवराज घिमिरेले जानकारी दिए ।

विगतका वर्षहरूमा पनि सञ्चालन गर्दै आएको घुम्ती शिविर यस वर्ष पनि घरदैलोमै गएर व्यवसायीलाई सेवा प्रदान गरिएको वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीमबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ५३ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि