कस्तो छ ‘रातो टीका निधारमा’ अकिंत र साम्राज्ञीको काम? « Khabarhub

कस्तो छ ‘रातो टीका निधारमा’ अकिंत र साम्राज्ञीको काम?


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भनिन्छ, कुनै पनि चलचित्र राम्रो बन्नका लागि राम्रो स्किृप्ट चाहिन्छ । यो अर्थले हेर्ने हो भने ‘रातो टीका निधारमा’ कमजोर चलचित्र हो भनेर भनिरहनु पर्दैन । चलचित्रले दर्शक तथा समीक्षकबाट खासै राम्रो समीक्षा नपाए पनि दशैँको मुखमा रिलिज भएको फिल्मले शायद घाटा भने बेहोर्नुपर्ने छैन ।

धेरैलाई चासो छ, चलचित्र ‘रातो टीका निधारमा’ मा अशोक शर्माले आफ्ना छोरा अंकित शर्मालाई डेब्यु गराएका छन् । त्यसकारण चलचित्रमा उनको अभिनय कस्तो छ होला?

प्रचारका क्रममा अकिंत शर्माले भनेका थिए – यो मेरो पहिलो चलचित्र हो, सिक्दैछु ।

उनले भनेजस्तै यो चलचित्रमा अंकितले शिकारु कलाकारले गर्नेजस्तो अभिनय गरेका छन् । उनको अभिनयमा खासै दम छैन । त्यसो त कलाकारलाई कसरी अभिनय गराउने भन्नेमा निर्देशकको पनि उत्तिकै जिम्मा हुन्छ । यस अर्थमा चलचित्रमा निर्देशक शर्माको काम देखिँदैन । चलचित्रमा अंकितले गरेको अभिनयले दर्शकको मन जित्दैन ।

त्यसो त नेपाली चलचित्रमा सिक्दै चलचित्रलाई ‘प्रयोग’ का रुपमा लिने कलाकारको कमी छैन । अंकित पनि त्यही समूहमा परेका छन् ।

चलचित्रमा साम्राज्ञीको अभिनयले पनि मन जित्न नसकेको दर्शकले गुनासो गरेका छन् । शीर्ष भूमिकामा देखिएकी साम्राज्ञीको अभिनय उनका अन्य फिल्ममा जस्तै फितलो छ । उनले गाउँले युवतीको भूमिका निभाएकी छिन् तर उक्त भूमिका त्यति स्वभाविक लाग्दैन । कतिपय दर्शकले उनले गाउँले भूमिका निभाउन खोजे पनि त्यो अस्वभाविक देखिएको प्रतिक्रिया दिएका छन् ।

त्यसो त चलचित्रमा साम्राज्ञीलाई शहरीया युवतीको भूमिकामा पनि देखाइएको छ, तर उक्त भूमिका पनि राम्रोसँग पर्दामा उतारिएको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : १७ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार