४ वर्षको कैद सजाय पाएका अभियुक्त २४ वर्षपछि पक्राउ « Khabarhub

४ वर्षको कैद सजाय पाएका अभियुक्त २४ वर्षपछि पक्राउ


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् ।

२५ जेठ २०५२ सालमा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार ४ वर्ष ११ महिना १० दिन कैद सजाय सुनाइएका ४९ वर्षीय नैमुदिन अन्सारी २४ वर्षपछि शनिबार पर्साबाट पक्राउ परेका हुन् ।

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भए पनि फरार रहेका अन्सारीलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ०७ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट