गगनको प्रश्न– पूर्व राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने निर्णय के आधारमा गरियो ? « Khabarhub

गगनको प्रश्न– पूर्व राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने निर्णय के आधारमा गरियो ?


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पूर्व राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय प्रति आपत्ति जनाएका छन् ।

असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति डा। रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरेपछि पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले आपत्ति जनाएका हुन् ।

एक वर्षअघि पारित भएको कानूनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले नदिने व्यवस्था गरेको छ । तर सरकारले कानूनको उल्लंघन गर्दै पूर्व राष्ट्रपति यादवलाई उपचार खर्च दिने निर्णय गरेको छ ।

‘हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रस्ट भन्छ– कुनै पनि व्यक्तिले विदेशकमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन’ थापाले प्रश्न गरे,‘ पूर्व राष्ट्रपति वा वर्तमान प्रधानमन्त्री जो भएपनि यो कानून सबैलाई लाग्छ । तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रधानमन्त्री ज्यू?’

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ३४ बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक