‘कबड्डी ३’ बाट उपासनालाई फाइदै फाइदा « Khabarhub

‘कबड्डी ३’ बाट उपासनालाई फाइदै फाइदा


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका उपासना सिंह ठकुरीले जम्मा २ वटा चलचित्रमा मात्र काम गरिन् । पहिलो डेब्यु चलचित्र ‘क्याप्टेन’ व्यावसायिक हिसाबले खासै चलेन । फिल्मले समीक्षा पनि राम्रो पाएन । अनमोल केसीसँग रोमान्स गर्ने मौका पाएकी उपासनाले भने तारिफ बटुलिन् । पहिलो फिल्मबाटै उनले कैयन् दर्शकको साथ पाइन् ।

चलचित्र ‘कबड्डी ३’ ले उपासनालाई ‘क्याप्टेन’ का दर्शकसँगभन्दा धेरै दर्शकसँग साक्षात्कार गराएको छ । चलचित्रमा उनले निभाएको भूमिकाले पनि उत्तिकै राम्रो प्रतिक्रिया पाइरहेको छ । जम्मा दुई फिल्ममा अभिनय गरेर पनि आफ्नो परिचय बनाएकी उपासनाले शूटिङका बेला खुबै दुःख बेहोर्नुपरेको बताउँछिन् । दिनमा कैयन् पटक पोशाक परिवर्तन गर्नुपर्दा वाक्कै भएको उनको भनाइ छ ।

शूटिङमा दुःख भए पनि उपासनाले भने यो फिल्मबाट खुबै तारिफ बटुलेकी छिन् । फिल्ममा पनि उनको काम देखिएको छ । उनले निभाएको काशीको भूमिकाले पनि उत्तिकै चर्चा पाएको छ । स्टारहरुको भीडमा पनि उपासनाले आफ्नो अभिनयका कारण थप चर्चा पाउनु उनको करिअरका लागि समेत फाइदा हो ।

आगामी दिनमा उनले आफ्नो फिल्मी करिअर कसरी अगाडि बढाउनेछिन्, त्यो भने हेर्न बाँकी छ । अहिले भने उपासना सम्भावना बोकेकी अभिनेत्रीको सूचीमा शीर्ष स्थानमा छिन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १२ : ०० बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार