सयमध्ये एक शिशु जन्मिँदै मुटुरोगी, गर्भअवस्थामा ख्याल गर्नुस् यी कुरा « Khabarhub

सयमध्ये एक शिशु जन्मिँदै मुटुरोगी, गर्भअवस्थामा ख्याल गर्नुस् यी कुरा


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटुरोग विभिन्न किसिमका हुन्छन् । नेपालमा खानपान र जीवनशैलीको परिवर्तनका कारण मुटुरोगका बिरामीहर बढेको पाइन्छ ।

त्यतिमात्रै होइन कतिपय बालबालिकाहरु जन्मजात मुटुरोगको समस्या दिएर पनि जन्मिएका हुन्छ । जसलाई चिकित्सकहरु जन्मजात मुटुरोग भन्ने गर्छन् ।

चिकित्सकहरुका अनुसार एकसयजना शिशुमध्ये एकजना शिशुमा जन्मजात मुटुरोगको समस्या हुन्छ । जन्मजात मुटुरोगको पनि विभिन्न कारणहरु छन् ।

जन्मजात मुटुरोगका कारण

–जेनेटिक कारण,

–गर्भवती आमामा हुने संक्रमण,

–गर्भवती आमामा विकिरणको प्रभाव परेमा,

–गर्भवस्थामा आमा अत्याधिक मोटो भएमा,

–गर्भअवस्थामा पोषणतत्वको कमी भएमा,

–उमेर बढी भएपछि शिशू जन्माउँदा,

–गर्भवती आमाले मदिरा सेवन गर्दा,

–गर्भवती महिलाले गर्भअवस्थामा कडा खालका औषधि सेवन गर्दा ।

जन्मजात मुटुरोगको लक्षण

–शिशु जन्मिदा निलो हुने,

–शिशुको तौल कम हुने,

–आमाको दूध चुस्न नसक्ने,

–उमेर बढ्दै जाँदा तौल नबढ्ने,

–रुगाखोकी तथा निमोनिया हुने ।

जन्मजात मुटुरोग लाग्न नदिन के गर्ने ?

–गर्भअवस्थामा आमाको पोषणमा ध्यान दिने,

–गर्भअवस्थामा मदिरा सेवन नगर्ने,

–पहिलो बच्चा ३० वर्षअघि नै जन्माउने,

–विकिरणहरुबाट बच्ने ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १२ : ४५ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने