मोहन वैद्य हर्कवहादुर शाही स्मृति फाउण्डेसनको सल्लाहकार समितिको अध्यक्ष चयन « Khabarhub

मोहन वैद्य हर्कवहादुर शाही स्मृति फाउण्डेसनको सल्लाहकार समितिको अध्यक्ष चयन


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– हर्कवहादुर शाही स्मृति फाउण्डेसनको कार्य समितिको वैठकले फाउण्डेसन सल्लाहकार समितिको अध्यक्षमा नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई चयन गरेको छ ।

सदस्यहरुमा पूर्व राष्ट्रिय सभा सदस्य रंगनाथ जोशि, पूर्व प्रतिनिधि सभा सांसद नर वहादुर हमाल ,चक्रपाणि शर्मा र एक सदस्य पछि थप गर्ने गरी पाँच सदसीय समिति रहने निर्णय गरिएको छ ।

हर्कवहादुर शाहीको सम्झनामा एक मिनेट श्रद्धाञ्जली गर्दै वसेको वैठकको अध्यक्षयता फाउन्डेसनका अध्यक्ष दिपक वहादुर शाहीले गरेका थिए ।

प्रमुख अतिथीका रुपमा उपस्थित महासचिव वैद्यले हर्कवहादुर शाहीले लिएको वर्गीय मुक्ति आन्दोलन र अधुरो क्रान्तिको कार्यभार पुरा गर्न माहान् शहिदहरुले लिएको उद्धेश्य प्राप्तिको वाटोमा अघि वढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

निकट भविष्यमै सल्लाहकार समितिका अध्यक्ष एवं नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको प्रमुख आतिथ्यतामा “माक्सवादको रक्षा, प्रयोग र विकास” विषयक वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी रहेको हर्कवहादुर शाही स्मृति फाउण्डेसनले जनाएको छ ।

साथै दैलेखको दुल्लुमा हर्क वहादुर शाहीको अर्ध कदको शालिक निर्माण गर्ने निर्णय समेत वैठकले गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  २ : ०७ बजे

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका