साउदी राजाका अङ्गरक्षकलाई आफ्नै साथीले गोली हानी गरे हत्या « Khabarhub

साउदी राजाका अङ्गरक्षकलाई आफ्नै साथीले गोली हानी गरे हत्या


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – साउदी अरबका राजाका अङ्गरक्षक अब्दुल अजिज अल–फागमको गोली हानी हत्या गरिएको छ ।

उनी आफ्ना साथीको घरमा गएको समय गोली हानी हत्या गरिएको बताइएको छ । साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या गरिएको थियो ।

मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् । जेद्दाहस्थित साथीको घरमा गएका राजाका अङ्गरक्षकसँग चर्को भनाभनपछि एक्कासीबाहिर गएका फागमका साथीले फर्किँदा बन्दुक लिएर आएका थिए ।

हत्याराले आफ्नै भाई, राजाका अङ्गरक्षक र एक फिलिपिनी कामदारमाथि अन्धाधुन्ध गोली चलाउँदा सख्त घाइते भएको प्रहरी प्रवक्ताले जनाएका छन् ।

झडपबारे सूचना पाएको प्रहरी तत्काल घटनास्थल पुगेको र हत्यारासँगको दोहोरो भिडन्तमा पाँच जना प्रहरीसमेत घाइते भएका बताइएको छ । झडपमा अङ्गरक्षकमाथि आक्रमण गर्ने व्यक्ति पनि मारिएको प्रहरीले बताएको छ ।

उक्त स्थानमा भएको झडपमा घाइते भएका अन्य सबै सातजनाको अवस्था स्थिर रहेको बताइएको छ । सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने प्रवक्ताले बताए । अल–फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अङ्गरक्षक थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ८ : १८ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा