साउदी राजाका अङ्गरक्षकलाई आफ्नै साथीले गोली हानी गरे हत्या « Khabarhub

साउदी राजाका अङ्गरक्षकलाई आफ्नै साथीले गोली हानी गरे हत्या


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – साउदी अरबका राजाका अङ्गरक्षक अब्दुल अजिज अल–फागमको गोली हानी हत्या गरिएको छ ।

उनी आफ्ना साथीको घरमा गएको समय गोली हानी हत्या गरिएको बताइएको छ । साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या गरिएको थियो ।

मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् । जेद्दाहस्थित साथीको घरमा गएका राजाका अङ्गरक्षकसँग चर्को भनाभनपछि एक्कासीबाहिर गएका फागमका साथीले फर्किँदा बन्दुक लिएर आएका थिए ।

हत्याराले आफ्नै भाई, राजाका अङ्गरक्षक र एक फिलिपिनी कामदारमाथि अन्धाधुन्ध गोली चलाउँदा सख्त घाइते भएको प्रहरी प्रवक्ताले जनाएका छन् ।

झडपबारे सूचना पाएको प्रहरी तत्काल घटनास्थल पुगेको र हत्यारासँगको दोहोरो भिडन्तमा पाँच जना प्रहरीसमेत घाइते भएका बताइएको छ । झडपमा अङ्गरक्षकमाथि आक्रमण गर्ने व्यक्ति पनि मारिएको प्रहरीले बताएको छ ।

उक्त स्थानमा भएको झडपमा घाइते भएका अन्य सबै सातजनाको अवस्था स्थिर रहेको बताइएको छ । सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने प्रवक्ताले बताए । अल–फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अङ्गरक्षक थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ८ : १८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले