ठगी मुद्दामा दोषी ठहर भई फरार व्यक्ति कारागार चलान | Khabarhub Khabarhub

ठगी मुद्दामा दोषी ठहर भई फरार व्यक्ति कारागार चलान


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ललितपुर महानगरपालिका–१३ का हेमबहादुर घलेलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले आजै उनलाई कारागार चलान गरेको हो । घलेलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा अघिल्लो वर्ष नै उनलाई रु नौ लाख ८६ हजार जरिवाना र छ महीना कैद हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही भागी फरार हुँदै आएका घलेलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका जावलाखेल, ललितपुरबाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

आफन्त विदेशमा रहेको भन्दै उनले अष्ट्रेलियामा पानी जहाजको कामका लागि प्रतिव्यक्ति मासिक एक हजार ८०० अमेरिकी डलर पारिश्रमिक पाउने आश्वासन दिएर प्रलोभनमा पारी रकम ठगी गरेका थिए ।

अष्ट्रेलिया जान प्रतिव्यक्ति रु आठ लाख ५० हजार खर्च लाग्छ भनी आकर्षक वैदेशिक रोजगारको प्रलोभनमा पारी पैसा ठगेको भन्दै २०७१ साल भदौमा उनी विरुद्ध अदालतमा जाहेरी परेको थियो । उनले चार जनाबाट रु २९ लाख ६२ हजार ५०० ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ४९ बजे

वैशाखमा महाधिवेशन गर्न नेता तयार, मुकुललाई फर्काउने कुरै भएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन समयमै गर्न केन्द्रीय कमिटीका

‘जनतासँग जसपा नेपाल’ लिएर गृहजिल्ला सप्तरीमा उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिने

निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार

एमालेले कार्यकर्तालाई फेसबुक चलाउन सिकाउने ! जथाभावी बोले ‘घोक्रेठ्याक’

काठमाडौं– नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुलाई स्मार्ट मोबाइलबाट सामाजिक सञ्जाल चलाउन

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा