ठगी मुद्दामा दोषी ठहर भई फरार व्यक्ति कारागार चलान « Khabarhub

ठगी मुद्दामा दोषी ठहर भई फरार व्यक्ति कारागार चलान


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ललितपुर महानगरपालिका–१३ का हेमबहादुर घलेलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले आजै उनलाई कारागार चलान गरेको हो । घलेलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा अघिल्लो वर्ष नै उनलाई रु नौ लाख ८६ हजार जरिवाना र छ महीना कैद हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही भागी फरार हुँदै आएका घलेलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका जावलाखेल, ललितपुरबाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

आफन्त विदेशमा रहेको भन्दै उनले अष्ट्रेलियामा पानी जहाजको कामका लागि प्रतिव्यक्ति मासिक एक हजार ८०० अमेरिकी डलर पारिश्रमिक पाउने आश्वासन दिएर प्रलोभनमा पारी रकम ठगी गरेका थिए ।

अष्ट्रेलिया जान प्रतिव्यक्ति रु आठ लाख ५० हजार खर्च लाग्छ भनी आकर्षक वैदेशिक रोजगारको प्रलोभनमा पारी पैसा ठगेको भन्दै २०७१ साल भदौमा उनी विरुद्ध अदालतमा जाहेरी परेको थियो । उनले चार जनाबाट रु २९ लाख ६२ हजार ५०० ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ४९ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन