टोटनह्यामविरुद्धको खेलमा चोट बोकेका सलाह फर्किए प्रशिक्षणमा | Khabarhub Khabarhub

टोटनह्यामविरुद्धको खेलमा चोट बोकेका सलाह फर्किए प्रशिक्षणमा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्ग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत टोटनह्यामविरुद्धको खेलमा चोट लागेका कारण ‘रेस्ट’मा रहेका लिभरपुलका फरवार्ड मोहमद सलाह पुनः प्रशिक्षणमा फर्किएका छन् ।

आइतबार राति टोनटनह्यामविरुद्धको खेलमा सलाह चोटिल हुन पुगेका थिए । उक्त खेलमा लिभरपुलले २–१ को जीत निकालेको थियो ।

आइतबार चोटिल भएका सलाह सोमबार नै टिमको प्रशिक्षणमा फर्किएका हुन् । यद्यपि, चोटका कारण टोटनह्यामविरुद्धको खेलमा भने उनी पूरै समय मैदानमा रहेनन् ।

टोटनह्यामविरुद्ध पेनाल्टीमार्फत १ गोल गरेका सलाह खेलको ८५ औं मिनेटमा सब्सिच्यूड भएका थिए ।

घरेलु मैदानमा भएको खेलमा चोट बोकेका सलाह केही दिन रेस्टमा रहन सक्ने अनुमान गरिएको थियो ।

तर, लिभरपुलले भने उनको चोट सामान्य रहेको र बाँकी खेलका लागि सलाह फिट रहेका जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : १२ बजे

पद नै जानेगरी सरकारको विरोधमा के भनेका थिए चिरञ्जीवी नेपालले ?

काठमाडौं – गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले

देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं- संसद्मा गतिरोध कायम रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

चन्द्रौटा– कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार

बर्बरिकले फुकाएको त्यो महाभारतको गाँठो

कुनै विषयलाई लिएर कसैसँग झगडा भयो भने महाभारत नै भयो