तिहारमा दिदिबहिनीले किन्छन् २ अर्बको भाइमसला | Khabarhub Khabarhub

तिहारमा दिदिबहिनीले किन्छन् २ अर्बको भाइमसला


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारको अन्तिम तथा विशेष दिन, आज भाइटिका । दिदिबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाइदिँदै उपहार दिने गर्छन् ।

यस्तो उपहारलाई ‘भाइमसला’ भन्ने गरिन्छ । भाइमसलामा ओखर, बदाम, काजु, किसमिस लगायत हुन्छन् । तर, भाइमसलाका रुपमा प्रयोग हुने सबै बस्तु विदेशबाटै आयात हुन्छन् ।

नेपालमा उत्पादन हुने कुनै पनि बस्तुले नेपालीको तिहार धान्दैन । जसकारण हरेक वर्ष तिहारका लागि करोडौं रुपैयाँ बराबरका सामान बाहिरी मुलुकबाट आयत गर्नुपर्ने अवस्था रहेको छ ।

भड्कीलो बन्दै गएको चाडपर्वका लागि धेरै बस्तुको आयत हुँदा देशको अर्थतन्त्रमा भने यसले नकारात्मक असर पार्छ ।

६० करोडको बत्ती

हरेक वर्ष तिहारका लागि ६० देखि ७० करोड रुपैयाँ बराबरका झिलीमिली बत्तीहरु आयत हुने गरेको छ । पछिल्ला समय तिहारका बेला गाउँदेखि शहरसम्म घर, मन्दिर, सपिङमल लगायत समपुर्ण स्थान झिलीमिली हुने हुँदा वर्षेनि यसको माग बढिरहेको नेपाल विद्युत व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार यो तिहारका लागि ६० करोड मूल्यका झिलीमिली बत्तीहरु भित्रिएका छन् । बत्तीका क्षेत्रमा मात्र वर्षेनि करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।

साढे १ करोड रुपैयाँको फूल

तिहारका लागि चाहिने फूलमा नेपालले आयात घटाउँदै गएपनि अझै आत्मनिर्भर भने हुन सकेको छैन । सरकारले सहुलियत र अनुदान दिएकाले नेपालभित्रै पनि तिहारका लागि सयपत्री खेती बढ्दो छ । तर नेपाललाई चाहिने आत्मनिर्भर हुन सकेको छैन ।

अन्य दिनमा दैनिक २० हजार माला खपत हुने नेपाली बजारमा तिहारमा २५ लाख मालाको माग हुने गरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।
यो वर्ष साढे १ करोडको सयपत्री फूल भारतबाट आयत गरिएको छ । साथै तिहारमा खपत हुने मखमली र गोदावरीमा भने नेपाल आत्मनिर्भर रहेको छ ।

३ अर्बको फलफूल

अन्य समयमा भन्दा चाडपर्वका समयमा फलफूल अत्याधिक मात्रामा खपत हुने गर्छ । दशैं र तिहारका लागि आर्थिक वर्षको सुरुवाती महिना (असार, साउन र भदौं) मा फलफुल आयत हुने गरेको नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।

दशैं र तिहारका लागि मात्र ३ अर्ब रुपैयाँको फलफुल आयत भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । जसमा स्याउ, सुन्तला, अम्बा, आँप, केरा लगायतका फलफुल रहेका छन् ।

२ अर्बको भाइमसला 

तिहारमा अतिआवश्यक सामानका रुपमा मानिन्छ भाइमसलालाई । दिदीबहिनीले दाजुभाइलाई खुवाउनका लागि भाइमसला चाहिने हुँदा जति नै महंगो भएपनि यसको खपत हुने गरेको छ ।

यो वर्ष तिहारका लागि नरीवल, काजु, पिस्ता, किसमिस, छोकडा, बदाम, ओखर लगायतका सामान १ अर्ब ९९ करोड २७ लाख रुपैयाँको आयात भएको छ ।
पछिल्ला वर्षहरुमा भाइमसलाको आयत झनै बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार तिहारका लागि चाहिने सामानहरु आर्थिक वर्षको सुरुवातका ३ महिनामा आयात हुने गरेका छन् । तिहारका लागि मात्र आयात भएका भाइमसलाको तथ्याङ्क यस्तो छ ः

नरीवल

तिहारका लागि नरीवलको आयात बढ्दै गइरहेको छ । नरीवल हरेक वर्ष भारतबाट आयात हुने गर्छ । गत वर्ष तिहारका लागि २३ करोड ७८ लाख ८९ हजार रुपैयाँको नरिवल आयत भएको थियो ।

यस वर्षको तिहारका लागि २६ करोड ८४ लाख ३३ हजार रुपैयाँको नरीवल आयत भएको विभागले जनाएको छ ।

काजु

गत वर्षको तिहारमा २७ करोड ८४ लाख मुल्य बराबरको काजु आयत भएको थियो । भारत र भियतनामबाट काजुको आयात हुने गर्छ ।
तिहारमा धेरै मात्रामा खपत हुने काजुको आयत यो वर्ष झनै बढेको छ । तथ्याङ्कअनुसार यो वर्ष ३४ करोड ८२ लाख ८० हजार रुपैयाँको आयत भएको छ ।

बदाम

गत वर्ष तिहारका लागि बदाम १३ करोड ८६ लाख रुपैयाँको आयत भएको थियो भने यसपालीको तीजका लागि २१ करोड १८ लाख रुपैयाँको बदाम र अलमण्ड आयत भएको छ ।

बदामको आयत अमेरिका र भारतबाट हुने गरेको विभागले जनाएको छ ।

ओखर

ओखरको महत्व खासगरी तिहारमा रहेको पाइन्छ । हरेक वर्ष चीनबाट ओखरको आयत हुने गर्छ । ओखरको आयात गत वर्षको तिहारमा ६० करोड ५६ लाख रुपैयाँको भएको थियो ।

यसवर्ष तिहारका लागि २२ करोड ३१ लाख रुपैयाँको ओखर आयत भएको छ । गत वर्षको तुलनामा भने आयत घटेको हो ।

पेस्ता

पेस्ता गत वर्षको तिहारका लागि भारतबाट २७ करोड २४ लाख रुपैयाँको आयत भएको थियो ।

यो वर्षका लागि १० करोड रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

छोकडा

गत वर्षको तिहारमा ७९ करोड ६३ करोड रुपैयाँको छोकडा आयात भएको थियो ।

यस वर्ष तिहारका लागि पाकिस्तानबाट ७७ करोड ४९ लाख रुपैयाँको छोकडा आयात भएको छ ।

किसमीस

गत वर्षको तुलनामा किसमिसको आयात झनै वृद्धि भएको छ । गत वर्ष तिहारका लागि मात्र ५६ करोड ५५ लाख रुपैयाँको कीसमीस आयात भएको थियो ।
यो तिहारका लागि भारतबाट ६६ करोड १४ लाख रुपैयाँको कीसमीस आयात भएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ९ : १२ बजे

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक