प्रभावकारी बन्दै सरकारको स्वास्थ्य बीमा कार्यक्रम « Khabarhub

प्रभावकारी बन्दै सरकारको स्वास्थ्य बीमा कार्यक्रम


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम बागलुङमा पनि प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरिएको सो कार्यक्रममा हालसम्म ५२ हजार २०८ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताए । जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या बढी रहेको उनले जानकारी दिए ।

स्वास्थ्य बीमामा हालसम्म ५२ हजार २०८ जना आबद्ध भएर प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिइरहेको उक्त बोर्डले जनाएको छ । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने उद्देश्यले अगाडि सारेको उक्त कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

धवलागिरि अञ्चल अस्पतालमा कमै मात्रमा बिरामी आउन गरेकामा सो कार्यक्रम लागू भएपछि बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अञ्चल अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए । ‘यस अस्पतालमा स्वस्थ्य बीमा गराएका बिरामी दैनिक ३०० को हाराहारीमा आउने गरेका छन्,’ उनले भने, ‘नियमित औषधि सेवन गर्ने बिरामीहरुले निःशुल्क औषधि लिनकै लागि पनि अस्पताल आउने गर्छन् ।’

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिकरूपमा रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ । बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदासाथ आम सर्वसाधरण जनता अनभिज्ञ भए पनि हाल आएर बीमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी सरिता शर्माले बताए ।

बीमा रकम तिर्न नसक्ने अति गरीब तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायत उपचार गराउनाका साथै झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य बीमाका लागि बागलुङ जिल्लाका ७२ दर्ता सहयोगीले घर–घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : २२ बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत