कहाँ गयो विश्वका १ नम्बर आतंकवादी बग्दादीको शव ? | Khabarhub Khabarhub

कहाँ गयो विश्वका १ नम्बर आतंकवादी बग्दादीको शव ?


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको विशेष सुरक्षा बलको कारबाहीमा मारिएको भनिएका आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादीको शवबारे पनि विभिन्न ठाउँबाट आशंकाहरु व्यक्त भइरहेका छन् ।

रुसले त बग्दादी मारिएको विषयमा आशंका नै जनाएको छ ।

तर, अमेरिकी सेनाले भने बग्दादीको शव व्यवस्थापन भइसकेको जनाएको छ ।

अमेरिकी सुरक्षा फौजको कारबाहीबाट बच्न सुरुङ भित्र छिरेर भागेका बग्दादीले बाहिर निस्किने ठाउँ नपाएर आफ्नै शरीरमा बाँधिएका विस्फोट पड्काएर आफूसहित अन्य ३ जना बालबालिकालाई उडाएका जनाइएको छ ।

अमेरिकी सेनाले बग्दादीविरुद्धको कारबाहीका दौरान डीएनए परीक्षण गर्ने विज्ञहरुको टोलीसमेत घटनास्थलमा लगिएको जनाएको छ ।

ल्याबसहित घटनास्थल पुगेको विज्ञहरुको टोलीले घटनास्थलमै डीएनए परीक्षण गरेर मारिने व्यक्ति बग्दादी भएको पुष्टि गरिसकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दाबी गरेका छन् ।

पेन्टागनमा आयोजित एउटा पत्रकार सम्मेलनमा अमेरिकी रक्षा मन्त्री मार्क एस्परले बग्दादीको शरीरका अवेशषहरुको व्यवस्थापन गरिएको जानकारी दिए ।

तर, कसरी र कहाँ व्यवस्थापन गरियो भन्ने विषयमा भने रक्षामन्त्री एस्परले केही खुलाएनन् । अमेरिकी सेनाले पनि बग्दादीको शरीरका अवशेषहरु कहाँ र कसरी व्यवस्थापन गरियो भन्ने विषयमा केही बताएको छैन ।

यसअघि आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेनको शव समुद्रमा गाडिएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : ३९ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५

आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम