कहाँ गयो विश्वका १ नम्बर आतंकवादी बग्दादीको शव ? « Khabarhub

कहाँ गयो विश्वका १ नम्बर आतंकवादी बग्दादीको शव ?


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको विशेष सुरक्षा बलको कारबाहीमा मारिएको भनिएका आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादीको शवबारे पनि विभिन्न ठाउँबाट आशंकाहरु व्यक्त भइरहेका छन् ।

रुसले त बग्दादी मारिएको विषयमा आशंका नै जनाएको छ ।

तर, अमेरिकी सेनाले भने बग्दादीको शव व्यवस्थापन भइसकेको जनाएको छ ।

अमेरिकी सुरक्षा फौजको कारबाहीबाट बच्न सुरुङ भित्र छिरेर भागेका बग्दादीले बाहिर निस्किने ठाउँ नपाएर आफ्नै शरीरमा बाँधिएका विस्फोट पड्काएर आफूसहित अन्य ३ जना बालबालिकालाई उडाएका जनाइएको छ ।

अमेरिकी सेनाले बग्दादीविरुद्धको कारबाहीका दौरान डीएनए परीक्षण गर्ने विज्ञहरुको टोलीसमेत घटनास्थलमा लगिएको जनाएको छ ।

ल्याबसहित घटनास्थल पुगेको विज्ञहरुको टोलीले घटनास्थलमै डीएनए परीक्षण गरेर मारिने व्यक्ति बग्दादी भएको पुष्टि गरिसकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दाबी गरेका छन् ।

पेन्टागनमा आयोजित एउटा पत्रकार सम्मेलनमा अमेरिकी रक्षा मन्त्री मार्क एस्परले बग्दादीको शरीरका अवेशषहरुको व्यवस्थापन गरिएको जानकारी दिए ।

तर, कसरी र कहाँ व्यवस्थापन गरियो भन्ने विषयमा भने रक्षामन्त्री एस्परले केही खुलाएनन् । अमेरिकी सेनाले पनि बग्दादीको शरीरका अवशेषहरु कहाँ र कसरी व्यवस्थापन गरियो भन्ने विषयमा केही बताएको छैन ।

यसअघि आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेनको शव समुद्रमा गाडिएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : ३९ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष