घाइते भएपछि कमल थापाले छाडे खेल « Khabarhub

घाइते भएपछि कमल थापाले छाडे खेल


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले घाईते भएपछि खेल छाडेका छन् । राप्रपा अध्यक्ष थापा चीनको सेन्जेन शहरमा शुक्रबारदेखि सुरु भएको आइटीएफ सेन्जेन इन्टरनेसनल सिनिएर सर्किट टेनिस प्रतियोगिताको दोस्रो खेलमा घाइते भएका हुन् ।

पिंडौला र तिघ्राको मांसपेशिमा एकैसाथ गंभीर समस्या भएकाले जितिरहेको खेल थापाले बीचैमा छाडेका हुन् । भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३ –० ले जितिरहेको अवस्थामा मांसपेशिमा समस्या देखिएको थियो ।

सो सेट ६–३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभएपछि खेल परित्याग गरेका हुन् ।

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार थापा घाइते भएपछि पहिलो दुई सेट २ घन्टा ३५ मिनेट लामो समयसम्म चलेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : ५१ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन