विदेशी भूमिको भाइटीका– आफ्नै दाजुभाइ नभएको आभाष हुन दिदैनौं « Khabarhub

विदेशी भूमिको भाइटीका– आफ्नै दाजुभाइ नभएको आभाष हुन दिदैनौं


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा रहेका नेपाली चेलीले विदेशमै रहेका नेपाली दाजुभाइलाई टीका लगाएर तिहार मनाउँदै आएका छन् । घरबाट टाढा हुँदा दाजुभाइ माया अभाव हुन नदिन नेपाली दाजुभाईलाई नै भाइटीका लगाउने गरेको उनीहरुले बताएका हुन् ।

विदेशमा रहेका नेपाली महिला दिदीबहिनीले काम सकेपछि सामूहिक रुपमा भाइ टीका लगाउँदै आएका छन् । विदेशमा भएपनि तिहार जस्तो महत्वपूर्ण चाडमा समय निकालेर मनाउने गरेको उनीहरुले बताए ।

युएई रोजगारीमा कार्यरत पोखराकी रोजिता मगरले ५ वर्षदेखि तिहार युएईमै मनाउँदै आएको बताइन् । विदेशमा रहेका आफ्ना गाँउका दाजुभाइलाई बोलाएर टीका लगाइदिने गरेको मगरले सामाजिक सञ्जालमार्फत खबरसँग बताइन् ।

‘युएईमा रहेका नेपाली दाजुभाइ सवै माइती जस्तो लाग्छ । त्यही भएर उनीहरुलाई तिहारको टीका लगाउछौं । नेपालीहरुले चलाएको होटल अथवा विदेशीको होटलमा ४ घण्टाका लागि भाडामा लिएर टीका लगाउने कार्यक्रम गर्छौं’ उनले भनिन्, ‘केही वर्षदेखि रोजगारीका लागि युएई आएका नेपाली दिदी बहिनी मिलेर सामूहिक टीका लगाउने गरेको छौं । धेरै जना दाजुभाइ जम्मामा हुन्छन् ।’

विदेशी भूमिमा टीका लगाएपनि नेपालको जस्तो रमाइलो नहुने तर मनलाई सान्त्वना मिल्ने उनको भनाइ छ ।

यस्तै, अध्ययनका लागि जापान पुगेकी झापाकी संगिता मैनालीले जापानमा रहेका नेपाली दाजुभाइलाई भाइटीका लगाइदिने गरेको बताउँछिन् । तीन वर्षदेखि जापानमै तिहार मनाउँदै आएको मैनालीले बताइन् ।

‘जापानमा रहेका दिदीबहिनी मिलेर सामूहिक टीका लगाउन योजना रहेको छ । नेपाली दाजुभाइसँग एउटा पार्टीप्यालेसमा भेला भएर तिहारको टीका लगाउँदै आएका छौ । यो वर्षको तिहारको टीका पनि यसरी नै लगाउने हो’ उनले भनिन्, ‘विदेशमा नेपाली चाडपर्वको खासै महत्व हुँदैन । फेरि जापानमा धेरै नेपालीहरु रहेकाले टीका चाँही लगाउने चलन छ । तर, एक समय काम गरेर समय मिलाएर टीका लगाउनुपर्छ । अर्कोको देश आफुुले मन लागि चाडपर्व मनाउन पाइँदैन ।’

यस्तै, इजरायलमा रहेका नेपाली चेलीहरुले पनि आफूले काम गर्ने घरमा नेपालीलाई माइती बनाएर भाइटीका लगाउने गरेको बताउँछन् । झापाकी विनिता घिमिरे रोजगारका लागि ३ वर्षअघि इजरायल पुगेकी थिइन् । त्यसको एक वर्षपछि देखि इजरालयमै तिहार मनाउँदै आएको उनले बताइन् ।

‘इजरायलमा रहेको नेपाली दाजुभाइलाई भाइटीका लगाएर तिहार मनाउने गरेका छु । विदेशमा भएपनि भाइटीका र महत्वपूर्ण चाडपर्व भुल्न सकिँदैन रहेछ । मैले काम गर्ने घरमै बोलाएर आफनो सम्र्पकमा रहेका नेपालीलाई बोलाएर भाइटीका लगाइदिन्छु’ उनले भनिन्, ‘विदेशी नेपालीहरुले चाडपर्व मनाएको देखेर रमाइलो मान्छन् । मैले काम गर्ने घरमा नेपाली चाडपर्व मनाउन दिन्छन् । त्यही भएर सेल रोटी पकाएर नै तिहार मनाउने गरेको छु । नेपालमा जस्ता चाँही विदेशमा रमाइलो हुँदैन ।’

मगर, घिमिरे र मैनाली जस्तै अरु विदेशमा रहेका नेपाली चेलीबेटीले पनि दशैं तिहार मिलेर मनाउँदै आएका छन् । नेपालबाट रोजगारीका लागि गएका नेपाली दाजुभाइलाई भाइटीका लगाएर मनाउँदा नेपालमा भएको अनुभुति हुनेगरेको उनीहरुले बताउँछन् ।

विदेशमा करिब ११ लाखभन्दा धेरै महिला रोजगारी र अध्ययनका लागि पुगेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ५३ बजे

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव