विदेशी भूमिको भाइटीका– आफ्नै दाजुभाइ नभएको आभाष हुन दिदैनौं « Khabarhub

विदेशी भूमिको भाइटीका– आफ्नै दाजुभाइ नभएको आभाष हुन दिदैनौं


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा रहेका नेपाली चेलीले विदेशमै रहेका नेपाली दाजुभाइलाई टीका लगाएर तिहार मनाउँदै आएका छन् । घरबाट टाढा हुँदा दाजुभाइ माया अभाव हुन नदिन नेपाली दाजुभाईलाई नै भाइटीका लगाउने गरेको उनीहरुले बताएका हुन् ।

विदेशमा रहेका नेपाली महिला दिदीबहिनीले काम सकेपछि सामूहिक रुपमा भाइ टीका लगाउँदै आएका छन् । विदेशमा भएपनि तिहार जस्तो महत्वपूर्ण चाडमा समय निकालेर मनाउने गरेको उनीहरुले बताए ।

युएई रोजगारीमा कार्यरत पोखराकी रोजिता मगरले ५ वर्षदेखि तिहार युएईमै मनाउँदै आएको बताइन् । विदेशमा रहेका आफ्ना गाँउका दाजुभाइलाई बोलाएर टीका लगाइदिने गरेको मगरले सामाजिक सञ्जालमार्फत खबरसँग बताइन् ।

‘युएईमा रहेका नेपाली दाजुभाइ सवै माइती जस्तो लाग्छ । त्यही भएर उनीहरुलाई तिहारको टीका लगाउछौं । नेपालीहरुले चलाएको होटल अथवा विदेशीको होटलमा ४ घण्टाका लागि भाडामा लिएर टीका लगाउने कार्यक्रम गर्छौं’ उनले भनिन्, ‘केही वर्षदेखि रोजगारीका लागि युएई आएका नेपाली दिदी बहिनी मिलेर सामूहिक टीका लगाउने गरेको छौं । धेरै जना दाजुभाइ जम्मामा हुन्छन् ।’

विदेशी भूमिमा टीका लगाएपनि नेपालको जस्तो रमाइलो नहुने तर मनलाई सान्त्वना मिल्ने उनको भनाइ छ ।

यस्तै, अध्ययनका लागि जापान पुगेकी झापाकी संगिता मैनालीले जापानमा रहेका नेपाली दाजुभाइलाई भाइटीका लगाइदिने गरेको बताउँछिन् । तीन वर्षदेखि जापानमै तिहार मनाउँदै आएको मैनालीले बताइन् ।

‘जापानमा रहेका दिदीबहिनी मिलेर सामूहिक टीका लगाउन योजना रहेको छ । नेपाली दाजुभाइसँग एउटा पार्टीप्यालेसमा भेला भएर तिहारको टीका लगाउँदै आएका छौ । यो वर्षको तिहारको टीका पनि यसरी नै लगाउने हो’ उनले भनिन्, ‘विदेशमा नेपाली चाडपर्वको खासै महत्व हुँदैन । फेरि जापानमा धेरै नेपालीहरु रहेकाले टीका चाँही लगाउने चलन छ । तर, एक समय काम गरेर समय मिलाएर टीका लगाउनुपर्छ । अर्कोको देश आफुुले मन लागि चाडपर्व मनाउन पाइँदैन ।’

यस्तै, इजरायलमा रहेका नेपाली चेलीहरुले पनि आफूले काम गर्ने घरमा नेपालीलाई माइती बनाएर भाइटीका लगाउने गरेको बताउँछन् । झापाकी विनिता घिमिरे रोजगारका लागि ३ वर्षअघि इजरायल पुगेकी थिइन् । त्यसको एक वर्षपछि देखि इजरालयमै तिहार मनाउँदै आएको उनले बताइन् ।

‘इजरायलमा रहेको नेपाली दाजुभाइलाई भाइटीका लगाएर तिहार मनाउने गरेका छु । विदेशमा भएपनि भाइटीका र महत्वपूर्ण चाडपर्व भुल्न सकिँदैन रहेछ । मैले काम गर्ने घरमै बोलाएर आफनो सम्र्पकमा रहेका नेपालीलाई बोलाएर भाइटीका लगाइदिन्छु’ उनले भनिन्, ‘विदेशी नेपालीहरुले चाडपर्व मनाएको देखेर रमाइलो मान्छन् । मैले काम गर्ने घरमा नेपाली चाडपर्व मनाउन दिन्छन् । त्यही भएर सेल रोटी पकाएर नै तिहार मनाउने गरेको छु । नेपालमा जस्ता चाँही विदेशमा रमाइलो हुँदैन ।’

मगर, घिमिरे र मैनाली जस्तै अरु विदेशमा रहेका नेपाली चेलीबेटीले पनि दशैं तिहार मिलेर मनाउँदै आएका छन् । नेपालबाट रोजगारीका लागि गएका नेपाली दाजुभाइलाई भाइटीका लगाएर मनाउँदा नेपालमा भएको अनुभुति हुनेगरेको उनीहरुले बताउँछन् ।

विदेशमा करिब ११ लाखभन्दा धेरै महिला रोजगारी र अध्ययनका लागि पुगेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ५३ बजे

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारकाका लागि विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद् दुवै सदनको बैठक आज : सभामुख बन्दै डिपी अर्याल

काठमाडौँ – सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।