बलिउडमा ‘इन्ट्री ‘गर्नुपूर्व यी थिए सन्नी लियोनीका ५ खास फिल्म « Khabarhub

बलिउडमा ‘इन्ट्री ‘गर्नुपूर्व यी थिए सन्नी लियोनीका ५ खास फिल्म


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्नी लियोनी मनोरञ्जन जगतमा सबैभन्दा बढी खोजी गरिने भारतीय अभिनेत्रीमा पर्छिन् । पूर्व पोर्नस्टार सन्नीले बलिउडमा आफूलाई स्थापित गरिसकेकी छिन् । तर उनका फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउँदैनन् । उनले एक नेपाली फिल्मको गीतमा समेत आइटम नृत्य गरेकी छिन् ।

सन्नीलाई कैयन् आरोप आउँछन्, तर ती आरोपलाई उनले खासै वास्ता गर्दिनन् । बरु निरन्तर काम गरिरहन्छिन् । यसलाई कतिपयले सन्नी लियोनीको खुबीका रुपमा हेर्ने गर्छन् ।

के पनि भन्ने गरिन्छ भने सन्नी लियोनीले बलिउडमा काम गर्नुभन्दा पहिले केही फिल्ममा काम गरेकी थिइन् । ती पोर्न फिल्म थिएनन् । यी हुन् ती फिल्म:

मेगा स्कोर्पियन

सन् २००३ मा रिलिज भएको यो हलिउड फिल्ममा सन्नी देखिएकी थिइन् । यो पोर्न फिल्म नभए पनि सन्नीले केही उत्तेजक दृश्य भने दिएकी थिइन् ।

पायरेट्स ब्लड

इन्डो अमेरिकन टिमले बनाएको यो हरर फिल्म खासै सफल भएन । यो फिल्ममा सन्नीको मुख्य भूमिका थियो । उनीसँग चर्चित मलयालम अभिनेता निशान्त सागर पनि थिए । फिल्ममा सन्नीले अंगप्रदर्शनको सक्दो प्रयोग गरेकी थिइन् ।

द भर्जिनिटी हिट

एडम मैके र कैन फेरेलले बनाएको फिल्ममा पनि सन्नी लियोनी थिइन् । यो फिल्मको कहानी हुन्छ कि, केही साथी मिलेर आफ्नो साथीको भर्जिनिटी तोड्नु । यो फिल्मको केही हिस्सामा सनी लियोनीलाई देख्न सकिन्छ ।

द गर्ल नेक्स्ट डोर

सन् २००४ मा बनेको यो फिल्म एक बेवकूफ युवकको कथामा आधारित छ । जसको नजिकै रहने एक महिलासँग प्रेम हुन्छ । पछि ती युवकलाई थाहा हुन्छ कि, ती महिला एक पोर्न स्टार हुन् । उक्त पोर्न स्टारको भूमिकामा सन्नीलाई देख्न सकिन्छ ।

लिभिन इट अप

जा रुलको यो फिल्ममा सन्नी मुख्य ग्ल्यामर महिलाका रुपमा देखिन्छिन् । यो फिल्ममा सन्नीले आफ्ना दर्शकलाई फिटनेस र हाउभाउबाट प्रभावित पार्नु थियो । फिल्ममा अभिनयको कुनै काम थिएन । तर यो फिल्मले पनि सन्नीलाई फाइदा पुर्‍याएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : ५२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते