फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ७ जनाको मृत्यु | Khabarhub Khabarhub

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ७ जनाको मृत्यु


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला- दक्षिण फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएको अधिकारीहरुले बताएका छन् ।

भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।

फिलिपिन्समा वर्षैभरि पटकपटक भूकम्प जाने गरेको छ । यहाँ बर्सेनि भूकम्पका कारण जनधनको क्षति हुने गरेको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार यो भूकम्प ६.६ म्याग्नीच्यूडको थियो । यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए ।

पटकपटक परकम्प गएका कारण स्थानीयवासीमा तनाव सिर्जना भएको थियो । मानिसहरु पुनः शक्तिशाली भूकम्प आउने भयका कारण घरभित्र जान समेत डराएका थिए ।

भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गराएको छ ।

दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ४० बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय