बहुउपयोगी तुलसीको पातबाट निको हुने छन् यस्ता रोगहरु… « Khabarhub

बहुउपयोगी तुलसीको पातबाट निको हुने छन् यस्ता रोगहरु…


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

औषधीय गुण भएको बहुउपयोगी वनस्पति तुलसी हरेक रोगका लागि उपयोगी मानिन्छ ।

आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रुपमा लिइएको छ । चिकित्सकका अनुसार समेत तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ ।

यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व छन् । यसले भोक जगाउने, रुची जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ ।

तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई सुगन्धले शुद्ध पार्छ भन्ने जनविश्वास छ । तुलसीको अरु औषधिय गुण के के छ त ?

१. जाडो मौसममा हुने रुघाखोकी, निमोनिया, ब्रोक्राइटिस र श्वास प्रश्वासका समस्यामा नियमित तुलसीको पात चपाएर खाएमा लाभदायी हुन्छ ।

२. तुलसीको पातको चुर्ण बनाई अदुवा र मरिचसँग मिसाएर खाएमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।

३. तुलसीलाई तातो पानीमा मिसाएर पिउँदा टाउको दुखेको, चिसोका कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको समस्याबाट छुटकारा पाइन्छ ।

४. धेरै दिशा लागेमा तुलसीको ८/१० वटा पातलाई जाईफल पिनेर खाएमा ठीक हुन्छ ।

५. आउ परेमा १०/१२ तुलसीको पात मिस्रीसँग पिनेर खाने गरेमा ठीक हुन्छ ।

६. दिशामा रगत आएमा १/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठीक हुन्छ ।

७. अल्काई भएमा १०/१२ वटा तुलसीको पात खाएर पानीले निल्ने साथै तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्द्वारको घाऊमा लगाएमा ठीक हुन्छ ।

८. घाटी बसेर बोल्नै नसक्ने भएमा १०/१२ वटा तुलसीको पात ४/५ दाना मरिच र मिस्रीको टुक्रासँग चपाएर निल्दा घाटी बसेको ठीक हुन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ५९ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म