बहुउपयोगी तुलसीको पातबाट निको हुने छन् यस्ता रोगहरु… « Khabarhub

बहुउपयोगी तुलसीको पातबाट निको हुने छन् यस्ता रोगहरु…


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

औषधीय गुण भएको बहुउपयोगी वनस्पति तुलसी हरेक रोगका लागि उपयोगी मानिन्छ ।

आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रुपमा लिइएको छ । चिकित्सकका अनुसार समेत तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ ।

यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व छन् । यसले भोक जगाउने, रुची जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ ।

तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई सुगन्धले शुद्ध पार्छ भन्ने जनविश्वास छ । तुलसीको अरु औषधिय गुण के के छ त ?

१. जाडो मौसममा हुने रुघाखोकी, निमोनिया, ब्रोक्राइटिस र श्वास प्रश्वासका समस्यामा नियमित तुलसीको पात चपाएर खाएमा लाभदायी हुन्छ ।

२. तुलसीको पातको चुर्ण बनाई अदुवा र मरिचसँग मिसाएर खाएमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।

३. तुलसीलाई तातो पानीमा मिसाएर पिउँदा टाउको दुखेको, चिसोका कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको समस्याबाट छुटकारा पाइन्छ ।

४. धेरै दिशा लागेमा तुलसीको ८/१० वटा पातलाई जाईफल पिनेर खाएमा ठीक हुन्छ ।

५. आउ परेमा १०/१२ तुलसीको पात मिस्रीसँग पिनेर खाने गरेमा ठीक हुन्छ ।

६. दिशामा रगत आएमा १/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठीक हुन्छ ।

७. अल्काई भएमा १०/१२ वटा तुलसीको पात खाएर पानीले निल्ने साथै तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्द्वारको घाऊमा लगाएमा ठीक हुन्छ ।

८. घाटी बसेर बोल्नै नसक्ने भएमा १०/१२ वटा तुलसीको पात ४/५ दाना मरिच र मिस्रीको टुक्रासँग चपाएर निल्दा घाटी बसेको ठीक हुन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ५९ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य