बालबालिकालाई कुट्ने हप्काउने हैन्, सम्झाउनुपर्छ | Khabarhub Khabarhub

बालबालिकालाई कुट्ने हप्काउने हैन्, सम्झाउनुपर्छ


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्यालय जाने बालबालिकाको हेरचाहमा अभिभावक बढी खटिँदा उनीहरुको व्यवहारले आजित बनाएर बानी सुधार्न गाली गर्ने र पिट्ने पनि गरिन्छ । यो कदापी राम्रो होइन ।
बालबालिकालाई जे कुरा पनि सम्झाएरमात्र सिकाउन सकिने बाल मनोवैज्ञानिकहरुले बताएका छन् ।

केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो। धेरै नराम्रो प्रतिक्रिया पनि आयो। के बच्चालाई यसरी पिट्नुहुन्छ त ?

अभिभावक अनुशासनको नाममा अथवा आफ्नो रिस बालबालिकालाई पिटेर वा गाली गर्ने गर्छन्। सङ्कटा मन्दिरमा दर्शन गर्न आउएका रश्मि अधिकारी (नाम परिवर्तन) ले पनि आफ्नो छोरालाई दुई थप्पड लगाए। त्यसपछि बालकको नाकबाट रगत बग्न थाल्यो। सँगैको मेडिकल पसले सुरेश कार्कीले कपास दिए र आमालाई सम्झाएर पठाए ।

कार्की भन्छन्, ‘आमाले पिटेका बेला नाकमा परेको हुनसक्छ, त्यसैले रगत बगेको हो।’ यसरी रिसमा आफ्ना बालबालिकालाई पिट्दा जता पनि पर्न सक्ने भएकाले यस्तो नगर्न सुझाव दिन्छन् । बच्चाले दुःख दिएकाले पिटेको प्रतिक्रिया दिँदै अधिकारीले भने, ‘विस्तारै गरे जस्तो लागेको थियो रगत नै आयो अबदेखि कहिले पिट्दिनँ, म त धेरै डराएकी छु।’ यो त एउटा प्रत्यक्ष देखिएको घटना मात्र हो। यस्तो घटना धेरै घरघरमा भइरहेको हुन्छ।

‘बालबालिकालाई अनुशासित बनाउने बहानामा पिट्नुहुन्छ भने यो गलत तरिका हो,’ मनोविश्लेषक बासु आचार्यले भने, ‘बच्चालाई सही बाटोमा डोहोर्‍याउनका लागि शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिँदैन। बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानि, तनाव पैदा गर्छ।’

जब बालबालिकालाई कुटिन्छ, डर देखाइन्छ, यातना दिइन्छ भने त्यसले उसलाई सकारात्मक बाटोमा लाने होइन, बरु नकारात्मकतर्फ मोड्छ भन्दै उनले भने,‘बच्चाहरू झन् आक्रामक, आपराधिक मनोवृत्तिका हुन सक्छन्।’

यता मानसिक समस्या सम्बन्धित चिकित्सक डा. सरोज ओझा भन्छन्,‘बालबालिकालाई पिट्ने, गाली दिने जस्तो कार्यले उनीहरूमा नकारात्मक सोचाइ पैदा हुन्छ, त्यस्तो गर्नु हुन्न। विश्वका कुख्यात अपराधीहरूको पृष्ठभूमि पढ्नुभयो भने थाहा हुन्छ, जसले बाल्यकालमा यातना, पीडा, वियोग भोगका छन्, उनीहरूमा विकृत मानसिकता पैदा हुन्छ।’

डा. ओझाका अनुसार बच्चालाई शारीरिक दण्ड दिनुहुन्छ, पिट्नुहुन्छ भने त्यसले बच्चाको सुधार हुँदैन भने यस्तो व्यवहारले अनुशासित पनि हुँदैन। वास्तवमा यस किसिमको कारबाहीले बच्चामा काम गर्नका लागि आन्तरिक प्रेरणा जगाउनु जरुरी हुन्छ।

मनोविश्लेषक आचार्यले बालबालिकालाई कहिले पिट्ने कहिले माया गर्ने जस्तो व्यवहार पनि गर्न नहुने सुझाव दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ५० बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद