जापानी प्रधानमन्त्रीलाई वास्तविक बलिस्टिक क्षेप्यास्त्र चाँडै देखाइदिने उत्तर कोरियाको चेतावनी « Khabarhub

जापानी प्रधानमन्त्रीलाई वास्तविक बलिस्टिक क्षेप्यास्त्र चाँडै देखाइदिने उत्तर कोरियाको चेतावनी


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई “मन्दबुद्धि” र “राजनीतिक कद नभएका नेता” को सङ्ज्ञा दिँदै उनले आफ्नो अस्त्र परीक्षणलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ ।

बिहीवार गरिएको परीक्षणपछि आबेले उत्तर कोरियाले बारम्बार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको भन्दै निन्दा गरेका बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले एकैचोटि एउटाभन्दा बढी रकेट प्रहार गर्न सक्ने “सुपर लार्ज मल्टिपल रकेट लन्चर” को परीक्षण गरिएको दाबी गरेको छ ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जापानले “वास्तविक बलिस्टिक क्षेप्यास्त्र निकट भविष्यमै देख्न पाउने” भन्दै शनिवार धम्कीपूर्ण टिप्पणी गरेको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

उत्तर कोरियाले त्यसबाहेक क्षेप्यास्त्र र परमाणु कार्यक्रमसम्बन्धी अनेकौँ प्रतिबन्धहरूको सामना गरिरहेको छ ।

जापानको एउटा प्रमुख साझेदार रहेको संयुक्त राज्य अमेरिकासँगको वार्तामा ती प्रतिबन्धहरू हटाउनुपर्ने विषय उत्तर कोरियाको एउटा प्रमुख मुद्दा बन्दै आएको छ ।

गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच आयोजित शिखर बैठक विफल भएको थियो। त्यसपछि देशबीच वार्ता हुन सकेको छैन ।

दक्षिण कोरियामा रहेका पर्यवेक्षकहरूका अनुसार उत्तरले दुई अज्ञात अस्त्र दक्षिण हाम्ग्योङ प्रान्तबाट बिहीवार सी अफ जापानतर्फ प्रहार गरेको थियो ।

त्यसलगत्तै आबेले उत्तरले निरन्तर बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको भन्दै ती आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रीय समुदायका लागि पनि गम्भीर चुनौती भएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : १४ बजे

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।