प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आइसीयूभित्रै हिँडडुल « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आइसीयूभित्रै हिँडडुल


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

एपेन्डिसाइटिसको अप्रेसन गरेको पाँचौं दिन अपेक्षित गतिमै सुधार आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रधानमन्त्रीले आज(शनिवार) ठोस खानेकुरा खाएको र आइसीयूभित्रै सामान्य हिँडडुल गरेको थापाले जनाए ।

सघन उपचार कक्षमा भएका कारण प्रधानमन्त्रीको भेटघाटलाई भने नियन्त्रित रहेको थापाले जनाए ।

यसैबीच प्रधानमन्त्री ओलीको आज पुन मिर्गौलाको डायलाइसिस गरिएको अस्पताल श्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ४५ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल