उपनिर्वाचनमा सत्तापक्षले धाँधली गरेको कांग्रेसको आरोप « Khabarhub

उपनिर्वाचनमा सत्तापक्षले धाँधली गरेको कांग्रेसको आरोप


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ । वर्तमान सरकारले उपनिर्वाचनलाई धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नसकेको कांग्रेसको आरोप छ ।

शनिवार(आज) ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको थियो ।

मतदान सकिएर केही वडाहरुको मतगण सार्वजिनक हुन शुरु हुँदा शनिबार साँझ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै चुनावमा धाँधली भएको आरोप लगाएको हो ।

‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धाँधली रहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायित्व सरकारको हो । नेपाली कांग्रेसले विगतमा आफ्नो संभावित पराजयको आंकलन गरिरहँदा पनि निष्पक्ष निर्वाचन सम्पन्न गराएको थियो । तर वर्तमान सरकारको भूमिका निश्चीत स्थानका उप निर्वाचनमा समेत त्यो ढंगको हुन नसक्नु दुःखद त छ नै हाम्रो लोकतान्त्रिक अभ्यासको भविष्यका लागि समेत प्रतिकुल देखिएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपाले आफ्ना उम्मेदवारलाई जिताउनका लागि सत्ताको दुरुपयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।

सरकारी पक्षको असहयोग र अनेक दबाबका विच निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, मतदानमा सरिक भएका राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकाय एवं निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई नेपाली कांग्रेसले धन्यवाद र आभार प्रकट गरेको छ।

सभापति देउवाले मतगणना लगायतको बाँकि कार्य व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगलाई आव्हान समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

देउवाले मतपेटीका संकलन र मतगणनाको कार्यमा विशेष सर्तकता राख्न कार्यकर्तामा अपिल गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ५९ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति