इंग्लिस प्रिमियर लिग फुटबलः अपराजित रहँदै लिभरपुलले बनायो १३ अंकको अग्रता « Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबलः अपराजित रहँदै लिभरपुलले बनायो १३ अंकको अग्रता


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले अपराजित यात्रालाई जारी राख्दै १३ अंकको अग्रता बनाएको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै अपराजित यात्रालाई जारी राखेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे ।

लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ । लिभरपुलले १९ खेलमा ५५ अंक जोडेको छ । लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दा अन्य सबै खेल जितेको छ ।

दोस्रो स्थानको लेष्टर सिटीको ४२ अंक रहेको छ । पराजित वुल्भ्स ३० अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ०० बजे

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौं– अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

एजेन्सी– सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन