अपराधिक क्रियाकलाप रोक्न अध्यागमनले नयाँ बायोमेट्रिक प्रणाली सञ्चालनमा ल्याउँदै | Khabarhub Khabarhub

अपराधिक क्रियाकलाप रोक्न अध्यागमनले नयाँ बायोमेट्रिक प्रणाली सञ्चालनमा ल्याउँदै

विदेशी र स्वदेशी नागरिक विवरण राखिँदै


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यागमन विभागले अध्यायगमनको सुरक्षालाई थप सबल बनाउन अन्तरराष्ट्रियस्तरको बायोमेट्रिक अनलाइन प्रणाली जडान गर्ने भएको छ ।

विभागले पछिल्लो समयमा भइरहेका अपराधिक क्रियाकलाप रोक्न बायोमेट्रिक प्रणाली विकास गरेको जनाएको छ । विभागले पुरानो सफ्टवेयर ‘इमी’ परिवर्तन गरेर नेपाली सफ्टवेयर ‘नेपाली पोर्ट’ अनलाइन प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकको चाप बढ्दै गएको र सरकारले सन् २०२० लाई पर्यटक वर्षको मनाउने भएका कारण बायोमेट्रिक विवरणसहितको अध्यागमन सूचना प्रणालीको विकास गरेर सञ्चालनमा ल्याउन लागेको विभागले जानकारी दिएको छ ।

नयाँ बायोमेट्रिक प्रणालीका लागि आवश्यक सामाग्री, सफटवेयर निर्माण, प्रणालीसँग सम्बन्धीत निकायमा परीक्षणसमेत भइसकेको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । नयाँ बायोमेट्रिक प्रणालीमा सुरक्षा प्रणालीलाई बलियो रुपमा राखिएको निर्देशक तिवारीले बताए ।

‘अध्यागमन प्रशासनको विषय राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको हुन्छ । अध्यागमनमा समस्या देखा पर्दा अन्तर्राष्ट्रिय छवि र सम्बन्धमा पनि समस्ण देखा पर्छ । जसका कारण विभागले यस्तो प्रणाली सञ्चालनमा ल्याउन लागेको हो’ उनले भने, ‘नयाँ प्रणालीमा नेपाल भित्रिने र बाहिरिने यात्रुको फोटो तथा बायोमेट्रिक सहितको रेकर्ड राख्ने राखिने छ । बायोमेट्रिक प्रणाली बनाउने काम सकिएको छ । जनवरीदेखि नै बायोमेट्रिक प्रणाली सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । जनवरीदेखि नयाँ सफ्टवेयरबाटै काम हुन्छ ।’

विभागले अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा अत्याधुनिक डेस्कहरूको स्थापना तथा नयाँ सफ्टवेयर जडान गरेर काम गर्ने उनको भनाइ छ ।

विभागको रणनीतिक योजना र गृह प्रशासन सुधार कार्ययोजना, २०७४ अनुसार पुरानो प्रणालीमा थप नयाँ ढाँचासहितको बायोमेट्रिक प्रणालीका ल्याइएको विभागले जनाएको छ ।

विभागले दुई वर्षदेखि नै नयाँ अनलाइनको विकास गरेर बायोमेट्रिक प्रणाली सञ्चालन गर्ने गृहमन्त्रालयले विभागलाई निर्देशन दिएको थियो । गृहमन्त्रालयले चालु आर्थिक वर्षमा विभागको बायोमेट्रिक प्रणालीका लागि १४ करोड विनियोजन गरेका छ । जसमा करिब १३ करोड बायोमेट्रिक प्रणालीका निर्माणका लागि खर्च भएको विभागले जानकारी दिएको छ ।

बायोमेट्रिक प्रणाली सञ्चालनमा आएपछि नेपाल भ्रमण वर्ष २०२० लाई समेत महत्वपूर्ण सहयोग पुग्ने छ । नेपाल घुम्न आएका विदेशी पर्यटकको विवरण बायोमेट्रिक प्रणालीमा हुने विभागको भनाइ छ । विभागको नयाँ बायोमेट्रिक प्रणालीमा नेपालबाट विदेश जाने नेपालीका समेत गएको र फर्कनसम्मको विवरण हुने जनाइएको छ ।

विभागले हाल बनाइरहेको नयाँ अनलाइन प्रणालीमा त्रिभुवन विमानस्थलका अध्यागमन कक्ष पनि कम्प्युटरीकृत गरेर काम गरिने भएको छ । विभागले अध्यागमन अन्र्तगतका कार्यलयहरुको नियमनसमेत गर्ने सक्ने प्रणालीभित्र रहेको जनाइएको छ ।

पुरानोभन्दा धेरै सुरक्षित

विभागले सञ्चालनमा ल्याउन लागेको बायोमेट्रिक प्रणाली धेरै सुरक्षीत हुने दाबी गरेको छ । नेपाली प्रविधिक इन्जिनीयरले तयार पारेको नयाँ सफ्टवेयर विगतमा सञ्चालनमा रहेको ‘इमी’भन्दा राम्रो हुने विभागको बुझाइ छ ।

नेपालबाट रोजगारीमा जाने श्रमिक, अन्य पेशाका विदेश जाने, घुम्न जाने, विदेशी नागरिकको आगमन जस्ता विषयको रेकर्ड वैज्ञानिक ढंगले राख्ने प्रणालीको विकास भएको विभागको दाबी छ ।

नेपाली पोर्ट’मा अध्यागमनसँग सरोकार राख्ने अन्य विभिन्न निकायको पनि लिंक हुने छ । वैदेशिक रोजगार विभाग, प्रहरी, राहदानी विभाग, कन्सुर विभाग, विदेशमा रहेका कुटनीतिक नियोग र अन्य सम्बन्धीत निकाय नयाँ बायोमेट्रिक प्रणालीमा जोडिने विभागले जनाएको छ ।

नयाँ प्रणालीअन्तर्गत विश्वकै अध्यागमन क्षेत्रमा विषेश रुपमा प्रयोग गरिदै आएको आँखाको रेटिनामार्फत हुने ‘आइरिस रिकगनिशन इमिग्रेशन सिस्टम’समेत लागू हुने निर्देशक तिवारीले जानकारी दिएका छन ।

रेटिना क्याप्चरमार्फत रेकर्ड राख्दा धेरै नक्कली काम र अवैध नागरिक विदेश जाने र आउन क्रम रोकिने विभागको विश्वास छ । एक व्यक्तिको आँखाको रेटिना अर्काे व्यक्तिसँग नमिल्ने हुँदा अपराधजन्य कार्य नियन्त्रण गर्न सहज हुने विभागको अपेक्षा छ । नयाँ प्रविधिले अध्यागमनको सुरक्षामा ठूलो परिवर्तन हुन विभागको भनाइ छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : ४९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः