सामान्यतयाः १ वर्षमा बच्चाले बोल्छन्, नबोले के गर्ने ? « Khabarhub

सामान्यतयाः १ वर्षमा बच्चाले बोल्छन्, नबोले के गर्ने ?


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मानसिक तथा शारीरिक विकास क्रमको एक महत्वपूर्ण पाटो हो– भाषा तथा बोली विकास । शारीरीक विकाशसंगै बोलीको पनि विकास हुने भएकाले मानिसहरुबीच भावना व्यक्त गर्ने भरपर्दाे माध्यम बोली नै मानिन्छ ।

सामान्यतया बच्चाहरुमा १ बर्षको उमेरपछि बोली फुट्ने हुन्छ । हुनत ६ महिनाको उमेरदेखि नै बच्चाहरु उम्, आ, आँ लगायतका आवाजमा आफ्नो भावना पोख्ने गर्दछन् । ९ महिनाको उमेरसम्म आइपुग्दा बच्चाले बाबा, पापा, मामा जस्ता सहज शब्दहरु तोतेबोलीमा बोल्न थाल्दछन् । १ वर्षको भएपछि औसत बच्चाहरु अन्य सहज शब्दहरु बोल्न थाल्दछन् ।

यस बीचमा बच्चाहरुको बोली उनका अभिभावकको संगतमा भर पर्दछ । बच्चाहरुले बोली सिक्ने उमेर ३/४ बर्षको उमेरसम्म रहन्छ । तर कतिपय बच्चाहरु अन्य आम बच्चा झै उमेर अनुसार बोलेनन् भने तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ ।

किन हुँदैन बच्चामा बोलीको विकास ?

सामान्यतया बच्चाहरु १ वर्षको उमेरबाट बोल्न थाल्ने भएकाले यदी कुनै बच्चा १ बर्षसम्म सहज बोली मामा, आमा, बाबा जस्ता शब्दहरु पनि बोल्न सक्दैन भने यसलाई समस्या मानिन्छ ।

यस प्रकारको समस्यालाई उमेर अनुसारको बोलीको विकास नभएको भन्ने गरिन्छ । तर बच्चामा बोलीको विकाश नुहनुको मुख्य कारण भनेको बच्चामा सुनाईको कमी हो । सुन्न नसक्ने बच्चाको बोलीको विकास हु“दैन ।

बोलीको विकासको लागि बच्चाले सुन्न अत्याश्यक हुन्छ । बच्चाको बोली विकाश नहुनुमा बच्चा जन्मदा भएका समस्याहरु जस्तै  उमेर नपुगी जन्मने, नवजात उमेरमा संक्रमण हुने, कतै ठोक्किने र बोली सक्रिय बनाउने अंगको विकाश नहुने कारणले हुन सक्छ ।

यस्ता समस्या भएमा चिकित्सकको अनिवार्य सल्लाह लिनुपर्छ ।

बच्चाको बोली विकासमा अभिभावकको भूमिका

बच्चाको बोली विकाशमा सबैभन्दा ठूलो भूमिका भनेको अभिभावकको हुने गर्दछ । बोली विकासका लागी बच्चाले सुन्न आवश्यक हुन्छ । जसका लागि अभिभावकले बच्चाको कुरा उत्सुकतापूर्वक सुन्ने र क्रमशः त्यसलाई सहज हुने गरी बोलेर सुनाउनुपर्छ ।

बच्चाहरुले त्यही बोलीलाई अनुशरण गर्दै बोल्ने बानीको विकास गर्छन् । यतिमात्र होइन, अभिभावकले बच्चासँग बोल्न झर्काे मान्नु हुँदैन । किनकी अभिभावकसँगको कुराकानीका कारणले नै बच्चामा बोलीको विकास हुन्छ । यसका साथै बच्चाले बोल्न थालेपछि उनीहरुको कुरा धैर्यतापूर्वक सुन्ने र बच्चालाई बोल्न र सिक्न प्रोत्साहन गर्नुपर्दछ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : ३२ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको

राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै 

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे