अमेरिकाको चर्चमा गोली चल्यो, बन्दुकधारीसहित तीन जनाको मृत्यु « Khabarhub

अमेरिकाको चर्चमा गोली चल्यो, बन्दुकधारीसहित तीन जनाको मृत्यु


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको टेक्सासस्थित एक चर्चमा प्रार्थना भइरहेको समयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा चर्चमा गोली चलेको हो ।

सामाजिक सञ्जालमा लाइभ समेत भइरहेको प्रार्थनाका क्रममा एक जना बन्दुकधारी उभिएर अन्धाधुन्ध गोली चलाएका हुन् ।

टेक्सासको फोर्ट वार्थ नजिकैको ह्वाइट सेटलमेन्टमा रहेको वेस्ट फ्रीवे चर्च अफ क्रिष्टमा सो घटना भएको हो । प्रार्थनाका लागि बेन्चमा बसेका बन्दुधारीले एकाएक उठेर गोली चलाएका हुन् ।

बन्दुकधारीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भयो । चर्चमा आएका अर्का व्यक्तिले आक्रमणकारीमाथि गोली चलाए र आक्रमणकारीको पनि मृत्यु भयो ।

आक्रमणको कारण वा उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : २५ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ