अमेरिकाको चर्चमा गोली चल्यो, बन्दुकधारीसहित तीन जनाको मृत्यु « Khabarhub

अमेरिकाको चर्चमा गोली चल्यो, बन्दुकधारीसहित तीन जनाको मृत्यु


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको टेक्सासस्थित एक चर्चमा प्रार्थना भइरहेको समयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा चर्चमा गोली चलेको हो ।

सामाजिक सञ्जालमा लाइभ समेत भइरहेको प्रार्थनाका क्रममा एक जना बन्दुकधारी उभिएर अन्धाधुन्ध गोली चलाएका हुन् ।

टेक्सासको फोर्ट वार्थ नजिकैको ह्वाइट सेटलमेन्टमा रहेको वेस्ट फ्रीवे चर्च अफ क्रिष्टमा सो घटना भएको हो । प्रार्थनाका लागि बेन्चमा बसेका बन्दुधारीले एकाएक उठेर गोली चलाएका हुन् ।

बन्दुकधारीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भयो । चर्चमा आएका अर्का व्यक्तिले आक्रमणकारीमाथि गोली चलाए र आक्रमणकारीको पनि मृत्यु भयो ।

आक्रमणको कारण वा उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : २५ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम