अपराजित रहँदै मनाङ शीर्ष स्थानमा, चौथो चरणका खेल आजदेखि « Khabarhub

अपराजित रहँदै मनाङ शीर्ष स्थानमा, चौथो चरणका खेल आजदेखि


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

दुई खेलमा जीत र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा छ । दुई खेलमा जीत र एकमा बराबरी खेल्दै छ अङ्कका साथ मच्छिन्द्र क्लब भने तेस्रो स्थानमा छ ।

यस्तै दुई खेलमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब छ अङ्कसहित लिगको चौथो स्थानमा छ । जावलाखेल युथ क्लब एकमा जीत दुईमा बराबरी खेल्दै पाँच अङ्कका साथ पाँचौँ स्थानमा, न्युरोड टिम दुई खेलमा जीत र एकमा पराजित हुँदै चार अङ्कका साथ छैटौँ स्थानमा छ ।

नेपाल पुलिस क्लब एउटामा जीत एउटामा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्क जोडेर सातौँ स्थानमा तथा च्यासल युथ क्लब एक खेलमा जीत, एकमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित आठौँ स्थानमा छ । उनीहरु समान अङ्क भए पनि गोल अन्तरका आधारमा सातौँ र आठौँ भएका हुन् । सङ्कटा क्लब एउटा खेलमा जीत, एकमा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्कका साथ नवौँ स्थानमा छ ।

ब्रिगेड ब्वाइज क्लब एउटामा जीत दुई खेलमा हार बेहोर्दै तीन अङ्कसहित लिगको दशौँ स्थानमा तथा हिमालयन शेर्पा क्लब एक खेलमा हार दुईमा बराबरी खेलेर दुई अङ्कका साथ ११औँ स्थानमा तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दुई खेलमा हार र एकमा बराबरी खेल्दै दुई अङ्कसहित १२औैँ स्थानमा छ । लिगको तेस्रो चरणको सबै खेलमा पराजित रहेका फेन्डस् क्लब र सरस्वती युथ क्लब अङ्कविहीन अवस्थामा छन् ।

चौथो चरणका खेल आजदेखि

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल आजदेखि शुरु हुँदैछन् । चौथो चरणका सबै खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा खेलाइने छ ।

दशरथ रङ्गशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकाले चौथो चरणका सबै खेल सातदोबाटोमा खेलाउनु परेको एन्फाले जनाएको छ । सातदोबाटोमा आज न्युरोड टिम र मच्छिन्द्र क्लबबीच तथा मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ११ : ५२ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर