महेन्द्रनगरको डान्स बारबाट युवतीसहित मेयर पक्राउ « Khabarhub

महेन्द्रनगरको डान्स बारबाट युवतीसहित मेयर पक्राउ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्राउ परेका छन् ।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्राउ परेका हुन् ।

डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामी सहितका व्यक्तिलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगर स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको हो ।

डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो । वडा प्रहरी कार्यालयका एक प्रहरी कर्मचारीका अनुसार प्रहरीको टोली डान्स बार पुग्दा दुवै पक्षबीच विवाद चलिरहेको थियो ।

प्रहरीको टोलीले डान्स बारमा विवाद गर्ने व्यक्तिलाई पक्राउ गरेर केहीलाई जिल्ला प्रहरी कार्यालय र केहीलाई वडा प्रहरी कार्यालय पुर्‍याएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेतावनी दिएका थिए ।

आइतबार राति पक्राउ परेका धामी सोमबार बिहान नै रिहा भइसकेका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले डान्स बारमा हो–हल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिँदा मेयर धामी पनि केही समयका लागि जिप्रका आएको बताए ।

‘डान्स बारमा दुई समूहबीच विवाद भएको थियो । एउटा समूहले मेयर धामीलाई पनि बोलाएको रहेछ । विवाद मिलाउन भनेर उहाँ डान्स बार पुगेको भन्ने कुरा आएको छ,’ डिएसपी चन्दले खबरहबसँग भने ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर धामीको कञ्चनपुरको भीमदत्त नगरपालिकामा समेत घर छ ।

मेयर धामीले भने आफू डान्सबारमा नगएकाे बताएका छन् । खबरहबको सम्पर्कमा आएका मेयर धामीले डान्सबारमा झगडा भएको विषय आफ्नो जानकारीमा आएपनि आफूलाई प्रहरीले पक्राउ नगरेको बताए ।

‘डान्सबारमा झगडा भएको कुरा मैले पनि सुनेको हुँ । तर, म बारभित्र छिरिनँ । म पक्राउ परेको कुरा सबै झुटो हो,’ मेयर धामीले भने ।


*खबरहबले समाचार तयार पार्दा नै मेयर धामीसँग सम्पर्क गर्न खोजेको थियो । तर, उनले प्रयोग गर्ने मोबाइल स्वीच अफ गरिएको थियो । समाचार प्रकाशित भएपछि मेयर धामी खबरहबको सम्पर्कमा आएका हुन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १२ : २८ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा