नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक पक्राउ | Khabarhub Khabarhub

नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक पक्राउ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् ।

नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कोइरालालाई पक्राउ गरेको हो ।

कोइरालाले डिल्लीबजार शाखाको प्रबन्धक हुँदा बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएर बैंकिङ कसुर गरेको आरोप लागेको छ ।

सीआईबीले कोइरालाविरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गराई अनुसन्धान थालेको छ ।

सोलुखुम्बुको साविक सल्यान गाविस–८ घर भएका कोइराला हाल भक्तपुरको दधिकोट बस्दै आएका िथए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १२ : ५७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर