आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य सुधार « Khabarhub

आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य सुधार


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको दोस्री दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ ।  आइतबार करिब ५ अङ्कले ओरालो लागेको  नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ५.५३ अङ्कले बढेर एक हजार १६७.९५ मा पुगेको छ । यस्तै (क) बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकममा वृद्धि भएको छ । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरिद–बिक्री भए ।

स्टक एक्सेचेन्जका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये सोमबार ४ उपसमूहको शेयर ओरालो लाग्दा ८ उपसमूहको शेयर बढेको छ । बैंकिङ २.२, विकास बैंक १.३५, जलविद्युत् ५.१६ र वित्त २.३६ विन्दुले घटेको छ । यस्तै व्यापार १५.१६, होटल ६.९५, निर्जीवन बीमा ६१.९१, उत्पादन ५९.८९, अन्य ६.५३, लघुवित्त ३.७५, जीवन बीमा २५६.५३ र सामूहिक लगानी कोष ०.१३ विन्दुले बढेको छ ।

सोमबार नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको १० करोड ६ लाख २१ हजार ४४० बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट ५ करोड १ लाख ६८ हजार ४८, एबीएल डिबेन्चर ४  करोड ८७ लाख ५० हजार, एनएमबी बैंक २ करोड ५४ लाख १० हजार ३७० र साल्ट ट्रेडिङ कर्पोरेशनको २ करोड ४६ लाख ६५ हजार ९५२ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

सोमबार शिवम् सिमेन्टका लगानीकर्ताले ५.६७, स्वदेशी लघुवित्त वित्तीय संस्था ५.३०, एशियन लाइफ इन्सुरेन्स ५.२९, लाइफ इन्सुरेन्स कम्पनी ५.२६, हिमालयन डिस्टिलरी ४.९४ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शेयरधनीले ४.५९ प्रतिशतले कमाए ।

यस्तै, माउन्टेन हाइड्रो ५.५५, जोशी हाइड्रो पावर ४.७६, नेपाल सेवा लघुवित्त ३.६१, सिन्धु विकास बैंक २.९६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ४ : २४ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले