आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य सुधार « Khabarhub

आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य सुधार


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको दोस्री दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ ।  आइतबार करिब ५ अङ्कले ओरालो लागेको  नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ५.५३ अङ्कले बढेर एक हजार १६७.९५ मा पुगेको छ । यस्तै (क) बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकममा वृद्धि भएको छ । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरिद–बिक्री भए ।

स्टक एक्सेचेन्जका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये सोमबार ४ उपसमूहको शेयर ओरालो लाग्दा ८ उपसमूहको शेयर बढेको छ । बैंकिङ २.२, विकास बैंक १.३५, जलविद्युत् ५.१६ र वित्त २.३६ विन्दुले घटेको छ । यस्तै व्यापार १५.१६, होटल ६.९५, निर्जीवन बीमा ६१.९१, उत्पादन ५९.८९, अन्य ६.५३, लघुवित्त ३.७५, जीवन बीमा २५६.५३ र सामूहिक लगानी कोष ०.१३ विन्दुले बढेको छ ।

सोमबार नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको १० करोड ६ लाख २१ हजार ४४० बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट ५ करोड १ लाख ६८ हजार ४८, एबीएल डिबेन्चर ४  करोड ८७ लाख ५० हजार, एनएमबी बैंक २ करोड ५४ लाख १० हजार ३७० र साल्ट ट्रेडिङ कर्पोरेशनको २ करोड ४६ लाख ६५ हजार ९५२ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

सोमबार शिवम् सिमेन्टका लगानीकर्ताले ५.६७, स्वदेशी लघुवित्त वित्तीय संस्था ५.३०, एशियन लाइफ इन्सुरेन्स ५.२९, लाइफ इन्सुरेन्स कम्पनी ५.२६, हिमालयन डिस्टिलरी ४.९४ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शेयरधनीले ४.५९ प्रतिशतले कमाए ।

यस्तै, माउन्टेन हाइड्रो ५.५५, जोशी हाइड्रो पावर ४.७६, नेपाल सेवा लघुवित्त ३.६१, सिन्धु विकास बैंक २.९६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ४ : २४ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी