वैदेशिक रोजगार पीडितलाई विभागमा सम्पर्क गर्न आग्रह  « Khabarhub

वैदेशिक रोजगार पीडितलाई विभागमा सम्पर्क गर्न आग्रह 


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा समस्यामा परेर म्यानपावरविरुद्ध उजुरी दर्ता गराएका र प्रमाण नपुगेका उजुरीकर्तालाई १५ दिन भित्र सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

मलेसियाको हकमा २०७१ सालसम्म दर्ता भएका उजुरीकर्ता, मलेसियाबाहेक अरु देशमा गएका श्रमिकको हकमा २०७२ सालसम्म दर्ता भएका उजुरीकर्ता र पासपोर्ट माग गरी उजुरी दर्ता गरेका उजुरीकर्ताको हकमा उजुरी दिएको एक वर्ष पूरा भएका उजुरीकर्ताले प्रमाणसहित उजुरी फर्छ्यौटका लागि विभागमा सम्पर्क गर्न आग्रह गरिएको हो ।

तोकिएको समयमा विभागमा उपस्थित नभएमा त्यस्ता उजुरी तामेलीमा राख्ने विभागले जनाएको छ । विभाग द्वारा इजाजतपत्र संस्थामाथि परेका र विभागको अभिलेख एवं सूचना प्रणालीमा दर्ता भएका उजुरी फर्छ्यौट गर्नका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णयअनुसार पुराना उजुरीमाथि विभागले फरफारक गरिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : ३७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल