प्रदेश ५ सरकारले साग विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने « Khabarhub

प्रदेश ५ सरकारले साग विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं. ५ सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)का विजेतालाई सम्मान गर्ने भएको छ । आज बसेको प्रदेश नं. ५ को मन्त्रिपरिषद् बैठकले सागमा सहभागी विजेतालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

सागमा सहभागी भएका प्रदेश नं. ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई रु एक लाख, समूहमा स्वर्ण जित्नेलाई रु ८० हजार, रजत एकललाई रु ८० हजार, समूहमा रजत जित्नेलाई रु ६० हजार, एकल कास्य जित्नेलाई रु ६० हजार, समूहमा कास्य जित्नेलाई रु ४० हजारसहित सम्मान गर्ने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले जानकारी दिए ।

बैठकले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तयार गर्ने कार्यविधि स्वीकृत गरेको छ । मन्त्रालयले अध्ययन गरेर प्रदेशस्तरीय पाठ्यक्रम निर्माण गर्नेछ । बैठकले कृषि क्षेत्रमा कृषि स्वयंसेवक नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै विपद् प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्यविधि स्वीकृत गरिएको मन्त्री गिरीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षणसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : ४५ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर