प्रदेश ५ सरकारले साग विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने « Khabarhub

प्रदेश ५ सरकारले साग विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं. ५ सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)का विजेतालाई सम्मान गर्ने भएको छ । आज बसेको प्रदेश नं. ५ को मन्त्रिपरिषद् बैठकले सागमा सहभागी विजेतालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

सागमा सहभागी भएका प्रदेश नं. ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई रु एक लाख, समूहमा स्वर्ण जित्नेलाई रु ८० हजार, रजत एकललाई रु ८० हजार, समूहमा रजत जित्नेलाई रु ६० हजार, एकल कास्य जित्नेलाई रु ६० हजार, समूहमा कास्य जित्नेलाई रु ४० हजारसहित सम्मान गर्ने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले जानकारी दिए ।

बैठकले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तयार गर्ने कार्यविधि स्वीकृत गरेको छ । मन्त्रालयले अध्ययन गरेर प्रदेशस्तरीय पाठ्यक्रम निर्माण गर्नेछ । बैठकले कृषि क्षेत्रमा कृषि स्वयंसेवक नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै विपद् प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्यविधि स्वीकृत गरिएको मन्त्री गिरीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षणसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : ४५ बजे

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बैतडी– घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय