परीक्षा संयन्त्रमा प्रश्न, २४ सै घण्टाको सुरक्षा घेराबाट कसरी बाहिरियो « Khabarhub

परीक्षा संयन्त्रमा प्रश्न, २४ सै घण्टाको सुरक्षा घेराबाट कसरी बाहिरियो


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिन्ह खडा भएको छ । २४ सै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै कसरी सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो भन्ने आकंलनसहितको समाचार कान्तिपुर दैनिकले छापेको छ । प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित भएको छ ।

प्रश्नपत्र आउट भएको विषय छानबिन गर्न ३ टोली गठन गरिएको छ । विद्यार्थीले परीक्षाको प्रश्नपत्र आउट भएर परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका छन् ।
त्यस्तै ५ वर्षमा ८८ खर्ब चाहियो शीर्षकको समाचारमा हिजो (शुक्रबार)देखि शुरु भएको लागनी सम्मेलनमा ५ वर्षमा ८८ अर्ब लगानी चाहिने गरी परियोजना प्रस्ताव गरिएको, पहिलो दिन विभिन्न सात विषयमा छलफल भएको समाचारमा उल्लेख छ ।

लगानी सम्मेलनमा सहभागी हुन पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव भने असन्तुष्ट भएका छन् । मन्त्री बस्ने लहमा उनलाई बस्ने ठाउँ नभएको भन्दै पछि बसेका थिए । पछि उनी कार्यक्रम नै नसकिकन बाहिरिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : २७ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४