बारामा प्रहरी भ्यानमा आगजनी, ६ राउन्ड गोली चल्यो « Khabarhub

बारामा प्रहरी भ्यानमा आगजनी, ६ राउन्ड गोली चल्यो


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित भएपछि विद्यार्थीले आन्दोलन थालेका छन् ।

यही क्रममा बारामा प्रदर्शनमा उत्रिएका विद्यार्थीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । विद्यार्थी प्रर्दशन रोक्न बारा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

विद्यार्थीले रोकि राखेको गाडीमा आगजनी गर्न थालेपछि हवाई फायर गरेको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीको समूहले प्रहरी भ्यानमा आगजनी गरेका थिए ।

जारी एसईई परीक्षा अन्तर्गत प्रदेश २ मा सञ्चालित परीक्षामा विज्ञान, सामाजिक, स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरलेलले पत्रकार सम्मेलन गरी सम्पूर्ण परीक्षा स्थगत गर्न निर्देशन दिएका थिए । सोहीको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : ४३ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६