जीपको ठक्करबाट दुईको मृत्यु « Khabarhub

जीपको ठक्करबाट दुईको मृत्यु


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए ।

उनका अनुसार, मृतक दुवै स्कुटी चालक हुन् । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मदनचोक नजिकै चौधरी र शाहीले चलाएको भे ५ प १४२० र भे ८ प २१६५ नं को स्कुटी एकआपसमा जुधेको बेला तीव्र गतिमा आएको बा १५ च २०९६ नं को स्कारपियोले दुवैजनालाई ठक्कँर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक विसीले जानकारी दिए । चालक रोशन वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ३ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको