चन्द्रमामा चलाउन मिल्ने कार बनाउँदै जापानी कम्पनी टोयोटा « Khabarhub

चन्द्रमामा चलाउन मिल्ने कार बनाउँदै जापानी कम्पनी टोयोटा


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चन्द्रमामा बस्ती बसाल्ने समाचारहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । चन्द्रमामा पानीका श्रोत र मानवबस्तीको लागि विभिन्न समयमा वैज्ञानिकहरुले अध्ययन पनि गरिरहेका छन् ।

यसबैबीचमा एक कार कम्पनीले भने चन्द्रमामा चलाउन मिल्ने कार बनाउ प्रकृया अघि बढाएको जनाएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाले चन्द्रमामा समेत पुग्ने तयारी गरेको छ । टोयोटाले चन्द्रमामा जान सेल्फ ड्राइभिङ कार निर्माण प्रक्रिया अघि बढाएको छ ।

टोयोटाले उक्त कारको नाम जक्सा लुनार रोभर राखेको छ । यो कारमा ६ वटा पांग्रा छन् र यसमा २ व्यक्ति आरामका साथ बसेर १० हजार किलोमिटरको यात्रा तय गर्न सक्छन् ।

टोयोटाले यो कार एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीका लागि तयार गरिरहेको छ । यो कारलाई सन् २०२९ मा चन्द्रमामा लाने योजना छ । टोयोटाको यो कार ६ मिटर लामो हुनेछ । जक्सा लुनार रोभर ब्याट्रीबाट चल्नेछ भने सौर्य ऊर्जाबाट चार्ज हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ५ : ४५ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको