थाई नरेशद्वारा पूर्व प्रधानमन्त्री सिनावात्रालाई दिइएको राजकीय सम्मान फिर्ता « Khabarhub

थाई नरेशद्वारा पूर्व प्रधानमन्त्री सिनावात्रालाई दिइएको राजकीय सम्मान फिर्ता


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– थाई नरेश महा वजिरलङ्कोर्णले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको राजकीय सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् ।

शनिबार थाइल्याण्डको राजपत्रमा प्रकाशित दस्तावेजमा नरेश महा वजिरलङ्कोर्णले सिनावात्रालाई दिइएको राजकीय सम्मान र पदवीहरु फिर्ता गर्ने घोषणा गरेका हुन् ।

हाल सत्तामा रहेको सैनिक सरकार समर्थित दलसँग सिनावात्राको समर्थनमा रहेको राजनीतिक दलले आम निर्वाचनमा प्रतिस्पर्धा गरेको एक साता नबित्दै नरेश महा वजिरलङ्कोर्णले थाक्सिनलाई दिइएको राजकीय पदवी र सम्मान फिर्ता गर्ने घोषणा गरेका हुन् ।

सन् २००८ मा सिनावात्राविरुद्ध भ्रष्टाचार अभियोगमा अदालतले फैसला सुनाएको र उनले मुलुक छाडेर गैर जिम्मेवार काम गरेकाले राजाले उनलाई दिइएको सम्मान फिर्ता गर्नुपरेको राजपत्रमा प्रकाशित दस्तावेजमा उल्लेख छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ९ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको