आइपीएलः सन्दीपको शानदार प्रदर्शन, १ विकेटसहित २९ रन खर्चिए « Khabarhub

आइपीएलः सन्दीपको शानदार प्रदर्शन, १ विकेटसहित २९ रन खर्चिए


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेगस्पिनर सन्दीप लामिछानेले १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा शानदार प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपले कोलकत्ता नाइटराइडर्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका हुन् । उनले घरेलु मैदान फिरोज कोट्ला रंगशालामा सन्दीपले पुरै ४ ओभर बलिङ गर्दै १ विकेट लिएर २९ रन खर्चिए ।

दिल्लीको तेस्रो खेलमा प्लेइङ-११ मा अटाएका सन्दीपले आफनो पहिलो ओभरमा उत्कृष्ट बलिङ गरे । ५ बल डट फालेका उनले १ रन खर्चिएका थिए । दोस्रो ओभरमा ६ रन खर्चिएका सन्दीपले निखिल नायकलाई पभेलियन फर्काए । तेस्रो ओभरमा शुबमन गिललाई रनआउटसहित सन्दीपले ३ रन खर्चिए ।

चौथो ओभरमा सन्दीप केही मंहगो साबित भए । उनले २ छक्का र १ चौकासहित १७ रन खर्चिए । आफ्नो दुई खेलमा सन्दीपलाई नखेलाएको दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर लामिछालाई आफ्नो तेस्रो खेलमा मैदान उतारेको हो ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा दिल्लीले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा भइरहेको छ ।

दिल्ली टिम
कप्तान: श्रयस अयर, पृथ्वी श्वा, शिखर धवन, कोलिन इग्राम, हुनुमा विहारी, क्रिस मोरीस, अमित मिश्रा, सन्दीप लामिछाने, कागिसो रवडा, हर्षल पटेल, रिसभ पन्त

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : ०० बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने