बालुवाटारको जग्गा प्रकरणमा संलग्न भए कांग्रेस नेतालाई पनि कारबाही हुनुपर्छ– नेता सिंह | Khabarhub Khabarhub

बालुवाटारको जग्गा प्रकरणमा संलग्न भए कांग्रेस नेतालाई पनि कारबाही हुनुपर्छ– नेता सिंह


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


संखुवासभा– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिलाई बिक्री गर्ने कार्यमा कांग्रेसकै नेता संलग्न  भए पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

मंगलबार संखुवासभालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सि‌ंहले कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको उल्लेख गर्दै बालुवाटारकाे जग्गा प्रकरणमा दोषी देखिए कांग्रेसकै नेतालाई पनि कारबाही हुनुपर्ने बताए ।

बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे सोधिएको  प्रश्नमा सिंहको जवाफ थियो, ‘कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन्, यसको निष्पक्ष तवरले छानविन गरेर कानून बमोजिम दण्ड सजाय हुनुपर्छ ।’

अर्को एक प्रसंगमा उनले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाए । ‘सरकारसँग दुई तिहाई बहुमत छ, संविधान केही होइन, कानुन केही होइन, भनेर रवैया देखाइरहेको छ,’ सिंहले भने ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ११ : १० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी