‘छ माया छपक्कै’ मा दीपकराज गिरीसँग केकीको जोडी | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ मा दीपकराज गिरीसँग केकीको जोडी


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारीलाई लिएर चलचित्र ‘छ माया छपक्कै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । निर्माता रोहित अधिकारीको लगानी रहने गरी ‘छक्का पञ्जा’ टिमसँगको सहकार्यमा निर्माण गर्न लागेको यो फिल्म छायांकनमा जानुअघि नै दर्शकमाझ प्रतीक्षित बनेको छ ।

चलचित्र युनिटले सोमवार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । फिल्ममा ‘छक्का पञ्जा’ टिमका साथै नायिका केकी अधिकारी पनि अनुबन्ध भएको घोषणा गरियो ।

चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् भने कथा पनि निर्देशक लामाकै हुनेछ । लामाका अनुसार यो फिल्मको कथा फरक खालको छ । फिल्म ‘छक्का पञ्जा’ को सिक्वेल नभएर बिल्कुलै फरक कथा भएको पनि लामाले दाबी गरे । यद्यपि फिल्ममा ‘छक्का पञ्जा’ टिमका शीर्ष कलाकारको अभिनय भने रहने बताइएको छ ।

दीपकराज गिरीले पटकथा तयार पारेको यो फिल्मको कथामा केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद देख्न सकिनेछ । यस्तै फिल्मलाई दशैँको अवसर पारेर रिलिज गरिने भएको छ ।

जेठ पहिलो साताबाट छायांकनमा जाने भनिएको यो फिल्ममा निर्माता रोहित अधिकारीको लगानी रहनेछ । दीपकराज गिरीको टिमले भने फाइदाको पचास प्रतिशत पाउने गरी सहकार्य गरेको हो ।

फिल्ममा केकी अधिकारी र दीपकराज गिरीको जोडी देख्न सकिनेछ । अन्य कलाकारको छनोट हुन बाँकी रहेको निर्माण टिमले बताएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : ०५ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने