नेपालको हिमालमा रहस्यमयी हिममानव ‘यती’को पाइला भेटिएको भारतीय सेनाको दाबी « Khabarhub

नेपालको हिमालमा रहस्यमयी हिममानव ‘यती’को पाइला भेटिएको भारतीय सेनाको दाबी


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रहस्यको गर्भमा रहेको हिममानव ‘यती’ को विषयमा बेला बेला विभिन्न किसिमका दाबी आइरहेको बेला भारतीय सेनाले यसको पाइला भेटेको जनाएको छ । नेपालको मकालु हिमालको आधार शिविर नजिकै भारतीय सेनाको आरोहण दलले रहस्यमय हिममानव ‘यती’ को पदचिन्ह भेटिएको दाबी गरेको हो ।

भारतीय सेनाको आमसञ्चार विभागले आधिकारिक ट्वीटर ह्यान्डलमा अप्रिल ९ मा खिचिएको यतीको पाइलाको तस्वीरहरू पोष्ट गरेको छ । ‘यती’ को पदचिन्हको लम्बाई ३२ इन्च र चौडाइ १५ इन्च रहेको दाबी गरिएको छ ।

भारतीय सेनाले यसअघि यती मकालु–बरुण राष्ट्रिय निकुञ्जमा देखिएको दाबी गरेको छ ।

यतीको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् । धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ ।

भारतीय सेनाले ‘यती’को पदचिह्न भेटिएको भन्दै ट्वीटरबाट तस्वीर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा यसको चर्चा शुरु भएको छ । केही ट्वीटर प्रयोगकर्ताले भारतीय सेनाले ‘मजाक’ गरेको भन्दै अलोचना पनि गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया