आयल निगमको कामप्रति समितिको चासो, बिहीबार पदाधिकारीसँग छलफल गर्ने « Khabarhub

आयल निगमको कामप्रति समितिको चासो, बिहीबार पदाधिकारीसँग छलफल गर्ने


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संसदीय समितिले नेपाल आयल निगमको काम कारबाहीबारे चासो लिएको छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको पाईपलाईन विस्तारलगायतका योजनाको कार्य प्रगतिबारे चासो लिँदै सो सम्बन्धमा यही १९ गते बिहीबार निगमका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

पाइपलाइन विस्तार, एलपी ग्याँस र भण्डारण केन्द्र स्थापनाका विषयमा छलफल गर्न बिहीबार निगमका पदाधिकारीहरुलाई बोलाउने निर्णय गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

समितिले बिहीबारनै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग औद्योगिक क्षेत्र स्थापनालगायतका विषयमा पनि छलफल गर्ने ऐजन्डा तय गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ४ : ४३ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ