मुख्यमन्त्री पोखरेललाई लक्षित गरी रोल्पामा श्रृंखलाबद्ध विष्फोट « Khabarhub

मुख्यमन्त्री पोखरेललाई लक्षित गरी रोल्पामा श्रृंखलाबद्ध विष्फोट


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


रोल्पा– प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरी रोल्पामा शृङ्खलाबद्ध बम विष्फोट गराइएको छ । विभिन्न कार्यक्रममा सहभागि हुन रोल्पा आएका मुख्यमन्त्री पोखरेललाई लक्षित गरी मंगलबार पनि विस्फोट गराइएको हो । रोल्पाको त्रिवेणी गाउँपालिकाको तिला बजार नजिकै बम विष्फोट गराइएको हो ।

सडक नजिकै जंगलमा बम विस्फोट भएको मुख्यमन्त्रीसँगै रहेका प्रदेश सांसद् दिपेन्द्रकुमार पुनले जानकारी दिए । सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको प्रशिक्षणमा सहभागी हुन मुख्यमन्त्री पोखरेल त्यसतर्फ जान लागेको समयमा विस्फोट गराइएको थियो ।

यसअघि सोमबार पनि मुख्यमन्त्री पोखरेललाई लक्षित गरी सदरमुकाम लिबाङ नजिकै तित्रीकोटमा बम विस्फोट भएको थियो । घटनाको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ ।

भ्रमणको पहिलो दिन प्यूठानको स्वर्गद्वारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय उद्घाटनपछि रोल्पा छिरेका पोखरेललाई रोल्पाको प्रवेशद्वार सुलिचौरमा पार्टी कार्यकर्ताले स्वागत गरेका थिए ।

जिल्ला सदरमुकाम लिवाङमा निर्वाचित जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरुका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएकै बखत कार्यक्रम स्थल नजिक अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

प्रहरीले भने सामान्य पटका भएको प्रतिक्रिया दिएको छ । जनजीवन आतंकित पार्न सामान्य पटका पड्काएका हुन सक्ने एक प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ५ : २० बजे

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको