विप्लव समूहका गतिविधि रोक्न थबाङमा सुरक्षा समिति बैठक « Khabarhub

विप्लव समूहका गतिविधि रोक्न थबाङमा सुरक्षा समिति बैठक


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– सरकारद्वारा प्रतिवन्धित विप्लव समूहको गतिविधि रोक्न रोल्पा, रुकुमपूर्व, बाग्लुङ र रुकुम पश्चिम ४ जिल्लाको जिल्ला सुरक्षा समितिको बैठक रोल्पाको थबाङमा सम्पन्न भएको छ ।

बैठकलेसुरक्षा निकायहरुले समन्वय गरी सूचना आदान प्रदान गर्दै त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए ।

सुरक्षा चुनौतिका हिसाबले अति सम्वेदनशील मानिएका यी जिल्लामा विप्लव समूहको गतिविधि बुझेर सुरक्षा चुनौती विश्लेषण गर्न ४ जिल्लाको सुरक्षा समिति बैठक थबाङमा बसेको हो ।

साथै बैठकले क्षेत्रमा जुनसुकै विपत् आएमा पनि तत्काल आफ्नो क्षेत्रबाट परिचालिन हुने र जिल्लाको सबै सुरक्षा निकायसँग समन्वय गरी उद्दार तथा सहयोग गर्ने बताइएको छ ।

बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ९ : ३३ बजे

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको