स्तन जोगाएर यसरी गरिन्छ क्यान्सरको उपचार « Khabarhub

स्तन जोगाएर यसरी गरिन्छ क्यान्सरको उपचार


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्तन क्यान्सर भएका व्यक्तिहरुको उपचार सम्भव भएको कुरा धेरैलाई जानकारी नै छ ।

स्तन क्यान्सरको उपचार गर्दा स्तन नै काटेर फाल्नुपर्ने हो कि भनेर महिलााहरु चिन्तित पनि हुन्छन् । तर, चिकित्सा प्रणालीमा भित्रिएका नयाँ-नयाँ आविस्कार र उपकरणले स्तन जोगाएरै पनि क्यान्सरको उपचार सम्भव बनाएको छ ।

यसरी गरिन्छ उपचार

क्यान्सर भएको स्तन काट्नुपर्दा सौन्दर्यता बिग्रने डरले महिलाहरु तनावमा समेत हुन्छन् । तर स्तन क्यान्सर भएका महिलाहरुले अब यस्तो कुरामा तनाव लिनुपर्ने अवस्था छैन । किनकी सबै प्रकारका स्तन क्यान्सरलाई काटेरै फाल्नुपर्छ भन्ने हुँदैन । स्तनमा रहेको ट्युमरलाई मात्रै निकालेर स्तनलाई बचाउँन सकिने प्रविधि नेपालमा पनि आइसकेको छ ।

स्तन नफाल्ने गरी क्यान्सरको उपचार गर्न फ्रोजन टेस्ट गर्ने यन्त्र मार्फत स्तरमा भएको ट्युुमरलाई निकालेर उतिखेरै क्यान्सर बाँकी छ,छैन हेर्न मिल्छ । चिकित्सकहरुले उक्त यन्त्रबाट क्यान्सर भएको स्तनबाट ट्युमर र मासु निकाली त्यसलाई ल्याबमा पठाउँछन् ।  त्यसपछि स्तनबाट निकालिएको ट्युमर र मासुको भागलाई परीक्षण गरिन्छ । परीक्षण गर्दा ट्युमरमा क्यान्सरको तत्वहरु देखियो भने टेस्यु डाइनोसिस
परीक्षण गर्दा क्यान्सर भएको भाग कति छ भन्ने पत्ता लाग्छ ।

क्यान्सर भएको भाग ठूलो छ भने त्यसलाई औषधि दिएर सानो बनाउँछन् । यदि स्तनको सानो भागमा मात्रै क्यान्सर भएको छ भने शुरुमा नै अप्रेशन गर्न मिल्छ ।

क्यान्सरबाट पीडित भएका महिलाहरुको क्यान्सरको उपचारपछि स्तन पुनर्निर्माण गरिन्छ । स्तनमा स–साना ट्युमरहरु छन् भने स्तनलाई पुन बनाउनु पर्दैन, त्यसलाई मिलाउने काम मात्रै हुन्छ । यदि ठूलो ट्युमरको कारण दुबै स्तनको साइज फरक–फरक छ भने त्यसलाई मिलाउन पर्ने हुन्छ । स्तनको साइज नमिल्दा बिरामीकै ढाड, तल्लो पेट आदिको मासुलाई निकालेर पनि स्तनको साइजलाई सुहाउने किसिमले बराबर बनाइन्छ ।

स्तनको बनावटलाई पहिलाको जस्तै आकर्षक बनाउन शरीरमै भएको बोसोलाई मात्रै पनि राख्न सकिन्छ, त्यो सजिलो तरिका पनि हो । तर नेपालमा त्यस्तो प्रविधि आइसकेको छैन । यस्तै स्तन काटेर फालेको ठाउँमा सिलिकोन पनि राख्न सकिन्छ तर त्यो महंगो छ ।

संसारमा ८० देखि ९० प्रतिशत महिलाको स्तन क्यान्सरको उपचार स्तन बचाएर गर्न सकिन्छ । तर नेपालमा भने स्तन जोगाएर हुने उपचार २ प्रतिशत मात्रै छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ८ : ३३ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको