कर्मचारीको तलब बढ्दा कस्को कति पुग्यो ? « Khabarhub

कर्मचारीको तलब बढ्दा कस्को कति पुग्यो ?


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाउने घोषणा गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराजत खतिवडाले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्राकिंत श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब बढाइएको बताए ।

अर्थमन्त्री खतिवडाले गरेको घोषणाअनुसार निजामतितर्फ नायब सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशतले बढ्ने छ भने शाखा अधिकृतभन्दा माथि सचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशतले बढ्ने छ ।

अर्थमन्त्री खतिवडाले सरकारी कोषबाट तलब खाने निजामति, सेना, प्रहरी, सशस्त्र प्रहरी गरी सबै कर्मचारीको तलब बढाइएको बताए ।

यस अनुसार अब नयाँ तलबमान अनुसार आधार तलब ३ हजार ४४५ रुपैयाँदेखि ९ हजार ८१० रुपैयाँसम्म बढेको छ। अब बढेको तलब र महँगी भत्तासमेत गरेर कार्यालय सहयोगीले २८ हजार ५६४ रुपैयाँ मासिक पाउने छन् भने मूख्य सचिबले ६६ हजार ३१० रुपैयाँ पाउने भएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  ७ : ५४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा